दुवै मृगौला पिडित निरमाया सारुलाई रकम सहयोग

Read Time:2 Minute, 18 Second

गोविन्द घर्ती
Image may contain: 9 people, people standing and outdoor

असोज २७ । रुपन्देहीको देवदह–५, कोलुवा निवासी दुवै मृगौला पिडित निरमाया सारुलाई सहयोग रकम प्रदान गरिएको छ ।

देवदह क्षेत्रमा रहेका विभिन्न विद्यालय, संघसंस्था र व्यक्तिहरुले दुवै मृगौला पिडित सारुलाई उपचार खर्च वापत उक्त रकम प्रदान गरेको हो । युग ज्योति माविबाट २ हजार दुईसय, न्यू लुम्विनी बोडिङ्गबाट दुई हजा पाच सय, ग्रिनप्लान्टबाट तिनहजार दुई सय, देवदह मदर टङ्गसबाट ३ हजार ३ सय ५०, महामाया भवानीबाट चार हजार २ सय, केरवानी माविका ६ हजार, देवदह आदर्श बहुमुखी क्याम्पसका ५ हजार ३ सय, देवदह बोडिङ्गबाट ३ हजार ३ सय, बदर फेसन हाउसबाट ५ हजार, प्रतिभा सव्याग हाउसबाट २ हजार ५ सय, कमला सारुबाट १० हजार ५१, भुपु सैनिकबाट ६ हजार ९ सय ५५, शुक्रवारे हाटबजारबाट ८ हजार ७ सय १५ गरी ७७ हजार ८ सय ११ रुपैया प्रदान गरिएको हो । अञ्जु श्रेष्ठ, वालकुमार श्रेष्ठ, टेकबहादुर घर्ती, लुमान सिं सारुको नेतृत्वमा उक्त रकम संकलन गरिएको हो ।

देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गको प्रमुख आतिथ्यतामा उक्त रकम हस्तान्तरण गरेको हो । रकम हस्तान्तरण कार्यक्रममा देवदह–५, का वडा अध्यक्ष झिल्लुप्रसाद न्यौपाने, केरवानी माविका प्रार्चाय दुर्गादत्त शर्मा, देवदह आर्दश बहुमुखी क्याम्पस प्रमुख मित्रलाल न्यौपाने, वालकुमार श्रेष्ठहरिप्रसाद ढुंगाना, टकबहादुर घर्ती, तेजु अर्याल एवं स्थानीयवासीहरुको सहभागिता रहेको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %