हुबि मगर
पाल्पा, असोज २६ – राष्ट्रिय जनमुक्ति पार्टी पाल्पाले आफ्नो संगठन बिस्तार गरेको छ ।
आगामी मंसीर १० र २१ गते हुन गईरहेको आसन्न प्रदेश र प्रतिनिधि सभाको निर्बाचन नजिकिदै गर्दा पार्टीले संगठन बिस्तारमा तिब्रता दिएको हो ।
रिब्दीकोट ५, (साबिकको कुसुमखोला)मा नेपाली काँग्रेस, माओबादी केन्द्र र एनेकपा एमाले पार्टी परित्याग गरि ३२ जनाले जनमुक्ति पार्टीमा प्रबेश गरेका छन ।
सुभम पचभैयाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ ।
उपाध्यक्षमा पृतम सेस्मी, सचिब :कर्ण रेस्मी, कोषाध्यक्ष :चोल बुँचा रहनु भएको छ ।
त्यस्तै सदस्यहरूमा :डुकुल राना, केशर राना, हरि ठकुरी, बिपना रेस्मी, धना पचभैया, टिका पचभैया , मिलन रेस्मी, भगवान राना, गीता अस्लामी, बामी राना मगर र मिना रेस्मी मगर हुनुहुन्छ ।
मान बहादुर रानाको अध्यक्षतामा हरि ठकुरीले कार्यक्रम संचालन गर्नु भएको थियो । पार्टीका संघीय परिषद सदस्यद्वय हुम बहादुर पचभैया, धनकेसर सूर्यबंसि र जिल्ला अध्यक्ष नारायण कुँवरले पार्टीको दर्शन र उदेस्य सहित संमसाहिक बिषय बारे प्रकाश पार्नु भएको थियो ।
भेलालाइ एनेकपा एमालेका मान बहादुर रास्कोटी, माओबादी केन्द्रकी गोमा पचभैया र नेपाली काँग्रेसका भिम बहादुर रानाले सफल्ताको शुभकामना मन्तब्य दिनु भएको थियो ।
रिब्दीकोट ६ मा पनि संगठन बिस्तार:
रिब्दीकोट ६(साबिकको ठिमुरे)मा पनि असोज २५ गतेका दिन संघीय परिषद सदस्य हुम बहादुर पचभैया थापा मगरको बिशेष उपस्थितिमा संगठन बिस्तार भएको छ ।
अध्यक्ष :कृष्ण छहरी, उपाधयक्ष:कोट बहादुर दर्लामी, सचिब :हिमाँचल(सुरेन)पचभैया र कोषाध्यक्षमा तिल कुमारी पचभैया रहनु भएको छ । र सदस्यहरूमा:सुमित्रा रोक(सार्की), चेत बहादुर गाहा, नुर बहादुर गाहा, शिब बगाले, पुरन बगाले, हरि घर्ती, ढाल बहादुर बगाले र टिका पुलामी रहनु भएको छ ।
२४ असोज २०७४ का दिन तानसेनको अन्नपूर्णा होटलमा राष्ट्रिय महिला मोर्चा र यूबा महासंघको दोष्रो जिल्ला अधिवेसन सम्पन्न गरेको छ ।
