शान्ति प्रकृया र संबिधानको बाधक माओवादी ः मन्त्री पौडेल

Read Time:2 Minute, 24 Second

पाल्पा १० बैशाख
रक्षा मन्त्री बिष्णु पौडलले माओवादीको हतियार र फौजको मोहका कारण देशमा शान्ति प्रकृया धरापमा परेको बताएकाछन् । उनले माओवादीले हतियार र फौजलाई राज्यको जिम्मा लगाउनासाथ शान्ति प्रकृयाले गति लिने दाबी समेत गरे । नेकपा एमाले पाल्पाको प्रथम जिल्ला प्रतिनिधि परिषद बैठकको आज उद्घाटन गर्दै मन्त्री पौडेलले शिविरका हतियार राज्यलाई जिम्मा लागएर विस्तृत शान्ति सम्झौता अनुसार सेना समायोजन गर्न तयार हुन  माओवादीलाई आग्रह गरे ।
मन्त्री पौडलले हतियार र सेनाका छॉयामा रहेर संविधान निर्माण बन्न नसक्ने बताउदै पहिला शान्ति प्रकृया निश्चित बिन्दुमा पु¥याएर मात्रै संविधान बन्ने बताए । संविधानका बिषयमा देखिएको विवादहरु सबै दलहरु बसेर हटाउन सकिने बताउदै अधिनायकबादको गन्ध आउने संविधान नेपाली जनतालाई मान्य नहुने उनको भनाई थियो । एमालेका सचिव समेत रहेका मन्त्री पौडलले एमालेका केही नेताहरुका कारण माओवादी लगायतका दलहरुले एमालेको घोडा चढेर यात्रा गर्न सपना देखेपनि त्यस्तो सपना देख्ने दुस्प्रयास नगर्न आग्रह गरे । उनले हावामा  घोडा चढ्नेहरु दुर्घटनामा पर्ने र खुट्टा भॉचिने पनि बताउनु भयो । एमाले भित्रको बिबादका बारेमा अनाबश्यक शंका नगर्न कार्यक्रर्तालाई आग्रह गर्दै मन्त्री पौडलले एमाले नेतत्व एकतामा बिश्वास गर्ने भएकाले फुट भन्दा जुटमा केन्द्रित रहेको बताए । कार्यक्रममा बोल्ने एमाले कार्यक्रर्ताहरुले एमाले माओबादी र काग्रेंसको पुच्छर बन्दा कार्यकर्तामा निरासा छाएको गुनासो गरेका थिए ।

देब पचभैया

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %