नाइस टेलिभिजनको परिक्षण प्रशारण सुरु

Read Time:3 Minute, 23 Second

काठमाडौँ, आश्विन १८ – हाम्रो समुदायको आर्थिक समृद्धिका लागी २०७१ सालमा स्थापना भएकोको यस मगर्स क्रियशन इन्भेस्टमेन्ट कम्पनीले नेपालमा विभिन्न उद्योग व्यवसायमा लगानी गरी रोजगारीको सिर्जना गर्दै एउटा नाफामुलक तथा रोजगार मुलक कम्पनी बन्न सफल भएको छ ।
यस बर्ष यस कम्पनीले राष्ट्रको चौंथो अंग “सञ्चार” मा लगानी गरी सन्चारका चारै क्षेत्र (टेलिभिजन, रेडियो, पत्रिका र अनलाइन पोर्टल) लाई राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रशारणमा पुर्याउदैछ । पहिलो चरणमा यस कम्पनीले टेलिभिजनलाई अगाडी बढाएको छ र  बडा दशैंको फूलपातीको शुभ साइत परी “नाइस टेलिभिजन” को परिक्षण प्रशारणको सुभारम्भ गरेको छ । सुरुको चरणमा “नाइस टेलिभिजन” WOW TIME र NET TV भन्ने एप्समा प्रशारणमा आएको छ ।

दशैं लगत्तै देशमा भएका सम्पूर्ण केबुल टेलिभिजन, डिश होम तथा स्याटेलाइट मार्फत् प्रशारण हुने छ । अहिले यस कम्पनीको मिडिया टिम टेलिभिजनको कार्यक्रमको डिजाइन तथा उत्पादनमा ब्यस्त रहेको र छिट्टै नै नियमित प्रशारणमा जाने तयारी भैरहेको जानकारी मगर्स क्रियशन इन्भेस्टमेन्ट कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (CEO) आशिर्वाद पुनमगरले जानकारी दिनु भएको छ । यस टेलिभिजनबाट समाचार/सूचना मुलक, मनोरन्जन, खेलकुद, स्वास्थ्य, शिक्षा, रियालिटी/टक शो, अपराध, सामाजिक, राजनैतिक, महिला तथा बालबालिका बिशेष बिबिध खाले कार्यक्रमहरु प्रशारण हुनेछन ।

अहिले तत्कालको लागि सम्पूर्ण दर्शकहरुले WOW TIME अथवा NET TV भन्ने एप्समा डाउनलोड गरी “नाइस टेलिभिजन” मज्जाले हेर्न सक्नु हुन्छ । टेलिभिजन हेरी आफ्नो अमुल्य सल्लाह तथा सुझाबहरु पठाऊनको लागि यस कम्पनीले सम्पूर्ण दर्शक महानुभावहरुलाई हार्दिक अनुरोध समेत गरेको छ । सल्लाह सुझाबहरु निम्न माध्यमबाट पठाउन सकिने छ :

१. टेलिफोने मार्फत: +९७७-९८०८३३४७१२ / ९८१८१८८१७७
२. फेसबुक इन्बोक्समा: fb.com/magarscreation
३. इमेलमा: info@nicemedianetwork.com
मगर्स क्रियशन इन्भेस्टमेन्ट कम्पनी / नाइस टेलिभिजन
कर्पोरेट कार्यालय: बागबजार, काठमाडौँ, नेपाल ।
मिडिया हाउस: अनामनागर, काठमाडौँ, नेपाल ।
फाइनान्स: धर्मपथ, न्युरोड, काठमाडौँ, नेपाल ।
सम्पर्क: +९७७-१-४१६७५०४ / ९८०८३३४७१२ / ९८१८१८८१७७
“स्वदेश मै लगानी गरि रोजगारीको सिर्जना गरौँ, आत्मनिर्भर बन्दै राष्ट्र निर्माणमा हातेमालो गरौँ” ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %