गिता राना मगर
पोखरा, भदौ – पहिरोेबाट घरबार बिहीन बनेका कास्कीको माछापुच्छ«े गाउपालिका ५ रिभानका पहिरोपिडितको पुनर्वासको लागी विभिन्न संघ सस्थाले सहयोग गर्ने क्रम बढ्दो छ । हाल सम्म पैहिरोबाट घरबार गुमाएका परिवारको सहयोगार्थ विभिन्न संघ सस्था तथा ब्याक्तिहरुबाट २३ लाख ८३ हजार २ सय २७ रुपैया संकलन भइसकेको छ । गत साउनको २४ गते भैरीको डांडाबाट खसेको पहिरोबाट हुम्दीडांडा पाथ्रे खहरेटोलमा बाढी आउदा १७ घरपरिवार घरबार बिहीन हुन पुगेपछि उनीहरुको घरबास निर्माणको लागी माछापुच्छ«े गाउपालिकाले तत्काल पुनर्वासका लागी रकम संकलन सुरु गरेको थियो ।
शुक्रबार मात्रै अन्नपूर्ण संरक्षण क्षेत्र एक्याप अन्तर्गत पर्ने विभिन्न इलाका संरक्षण कार्यालयहरुको पहलमा ४ लाख १७ हजार ५ सय ५५ रुपैया रिभानको पहिरो अनुगमन तथा मुल्यांकन संयुक्त उपसमितीले विपद ब्यवस्थापन समिती रिभानका अध्यक्ष जुम बहादुर गुरुङलाई हस्तान्तरण गर्यो । संरक्षण क्षेत्र तथा पहिरो अनुगमन तथा मुल्यांकन संयुक्त उपसमितीका संयोजक दल बहादुर गुरुङले विपद ब्यवस्थापन समिती रिभानका अध्यक्ष जुम बहादुर गुरुङलाई सो रकम हस्तान्तरण गरेको हो ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय ल्वाङघलेलबाट एक लाख ,संरक्षण क्षेत्र ब्यवस्थापन समिती धम्पुसबाट ३० हजार, रिभानबाट ५५ हजार ५ सय ५५, लाहाचोकबाट २५ हजार, घाचोकबाट ५५ हजार, माछापुच्छ«ेबाट ५१ हजार र सार्दीखोलाबाट ५१ हजार गरी कुल ४ लाख १७ हजार ५ सय ५५ रुपैया पहिरो पिडित १७ घर परिवारका लागी पुनर्वासका लागी प्रदान गरिएको हो । सो अवसरमा ओम फाउण्डेशन नेपाल हङकङबाट ५६ हजार रुपैया हङकङका भोलेन्टियर स्टेफन चाङले विपद ब्यवस्थापन समितीलाई हस्तान्तरण गरेको थियो ।
सो अवसरमा वोल्दै अन्नपूर्ण संरक्षण क्षेत्र एक्यापका प्राकृतीक श्रोत संरक्षण अधिकृत राजकुमार गुरुङले पहिरो पिडितको पुनर्वासको लागी अन्नपूर्ण संरक्षण क्षेत्रले सक्दो सहयोग गर्ने वताए । पुनर्वासका लागी तत्कालै केही प्रदान गर्न नसकेपनि घर निर्माण गर्ने वेलामा शौचालय, खाना पकाउने ग्यास र खानेपानीका लागी धारा निर्माणका लागी एक्यापले सहयोग गर्ने प्रतिवद्धता जनाउदै रिभानको पहिरोले अन्नपूर्ण संरक्षण क्षेत्रलाई ठूलो क्षती पुगेको समेत वताए । पहिरो गएको पाथ्रे गाउमा रहेको नर्सरीबाट अन्नपूर्ण संरक्षण क्षेत्रमा आवश्यक पर्ने बोटविरुवाहरु प्रयोग गरिरहदा नर्सरीनै नष्ट हुदा आफुहरु निकै दुखि बनेको समेत गुरुङले वताए ।
त्यस्तै माछापुच्छ«े गाउपालिकाका अध्यक्ष कर्ण बहादुर गुरुङले २०७२ सालको भुकम्पबाट प्रभावित हरु अझैपनि टहरामा बस्नुपर्ने बाध्यता देखेपछि स्थानिय स्तरबाटै पहिरो पिडितको पुनर्वासको लागी गाउपालिकाको पहलमा ८ लाखबाट सुरु गरेको पुनर्वासका लागी रकम संकलन कार्यक्रम अहिले तीब्र रुपमा अगाडी वढेको र आगामी मंसिर भित्रमा पहिरोपिडितलाई पुनर्वास गराएरै छाड्ने वताए ।
त्यसैगरी पहिरो अनुगमन तथा मुल्यांकन संयुक्त उपसमितीका संयोजक दल बहादुर गुरुङले आफ्नो समितीले हाल थोरै रकम सहयोग गरेपनि पहिरोपिडितको घर निर्माण सुरु हुनासाथ १० बण्डल जस्तापाता सहयोग गर्ने वताए ।
विपद ब्यवस्थापन समिती रिभानका अध्यक्ष तथा माछापुच्छ«े गाउपालिका वडा नम्बर ५ का अध्यक्ष जुम बहादुर गुरुङले पहिरोबाट घरबार बिहीन ११ घर र पूर्ण क्षती भएका ५ गरी १६ घर परिवारका लागी हाल पुनर्वासका लागी रकम संकलन भइरहेको र मंसिर महिनाको अन्तिम सम्ममा घरबार बिहीन हरुलाई घर निर्माण गरी हस्तान्तरण गरिने वताउदै पुनर्वास कार्यक्रममा सहयोग गर्न समेत आग्रह गरे ।
त्यसो त घरबार गुमाएका हरुभने टहरामा रात कटाउन बाध्य बनेका छन उनीहरु अझैपनि राहतको नाममा केही त्रिपाल, लुगाफाटा र खाद्यान्न मात्र आफुहरुले पाएको र कतै आफुहरुको पनि भुकम्प पिडितको जस्तो हाल हुने त हैन भन्ने चिन्ता लागिरहेको पहिरो पिडित देवीलाल लामिछानले वताए ।
सो अवसरमा ओम फाउण्डेशनका कार्यबाहक अध्यक्ष दिलु माया गुरुङ, विपत ब्यवस्थापन समितीका उपाध्यक्ष रविलाल पाख्रेल संरक्षण समिती वडा नम्बर ५ का वडा अध्यक्ष नजराज गुरुङ लगायतले पहिरो पिडितलाई पुनर्वासका लागी सहयोग जुटाउन आग्रह गरेका थिए ।
