गलकोट समाज पोखराको चौथो वार्षिक साधारणसभा कात्तिकमा

Read Time:2 Minute, 33 Second

रूद्र श्रीसमगर
Image may contain: 15 people, people standing
पोखरा, भदौ २ – बागलुङ जिल्लाको गलकोट भेगबाट पोखरा आइ बसोबास गरेका गलकोटेहरूको संस्था गलकोट समाज पोखराको चौथो वार्षिक साधारणसभा आगामी कात्तिक ९ गते हुने भएको छ ।

समाजको शनिबार बसेको बैठकले सो निर्णय गरेको अध्यक्ष मीनबहादुर खत्रीले जानकारी दिनुभयो । समाजले यही असोज ८ गते आइतबार नेपालीहरूको महान् चाड बडा दशैं, तिहार, छठ एवं नेपाल सम्वत्का उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै, समाजले स्मारिकाको दोस्रो संस्करण प्रकाशन गर्ने निर्णय पनि गरेको सचिव रूद्रबहादुर श्रीसले जानकारी दिनुभयो । स्मारिका प्रकाशनका लागि विभिन्न उपसमिति समेत गठन गरिएको छ । जसमा प्रधान सम्पादकमा प्रा.डा. भवानीप्रसाद पाण्डे ‘भाष्कर’, सम्पादन सल्लाहकारमा मोहन चन्द ‘राजन’, सम्पादक मण्डलमा रामप्रसाद पाण्डे, बमबहादुर छन्त्याल र रूद्रबहादुर श्रीस रहनुभएको छ ।

त्यस्तै, व्यवस्थापनतर्फ मीनबहादुर खत्री, रुपबहादुर थापा, खडकबहादुर थापा, हिराबहादुर खत्री र क्या. पूर्णबहादुर खत्री रहनुभएको छ भने विज्ञापन तथा बजार व्यवस्थापनतर्फ निलप्रसाद श्रेष्ठ, हिराबहादुर खत्री, मीनबहादुर खत्री, खडकबहादुर थापा, रूद्रबहादुर श्रीस, दीपक बोहोरा, क्या. पूर्णबहादुर खत्री, हर्कबहादुर पाण्डे, शालिकराम गैरे, सु. हरिबहादुर भण्डारी, देवीलाल कँडेल, जंगबहादुर थापा, राधिका खत्री, कमला खत्री र गंगा साहनी रहनुभएको छ ।

यसैबीच, बैठकका अवसरमा समाजका आजीवन सदस्य भीमबहादुर अधिकारीका सुपुत्र जीवन अधिकारीको दुवै मृगौला खराबी भइ हाल उपचाररत रहेकामा उपचारार्थ संकलित सहयोग रकम १८ हजार रुपैयाँ हस्तान्तरण समेत गरिएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %