गोविन्द घर्ती
भाद्र २५ । देवदह क्षेत्रमा रहेका सञ्चार गृहहरुलाई देवदह नगरपालिकाले उपेक्षा गरेको छ । देवदह नगरपालिकाको प्रथम नगरसभाबाट देवदहमा संचालित सञ्चार गृहहरुलाई कुनै पनि शिर्षकमा बजेट विनियोजन नगरेको पाईएपछि सञ्चारगृहका सञ्चालकहरुको समेत आश्र्चय चंकित भएका छन् । देवदह नगरका लागि नगरको मापदण्ड विस्तार गर्न रेडियो देवदह, देवदह साप्ताहिक तथा अन्य सञ्चारगृहले साथ दिएका थिए । नगरको मापदण्ड पुर्याउन योगदान दिने ति सञ्चारगृहरु प्रतिको उपेक्षाले नगरपालिकाको कार्यालय सञ्चार मैत्री नहुने हो की भन्ने चिन्ता सर्वसाधारणमा परेको छ ।
देवदह क्षेत्रको विकास निर्माण, संमृद्धिको लागि यहा संचालित सञ्चारगृहहरु अत्यन्त उपयोगि सावित भएका छन् तर नगरसभाबाट नै यी सञ्चारगृहहरुलाई प्रवद्र्धन गर्ने गरी नीति निर्माण गर्न नसक्नु अत्यन्त दुःखको विषय बनेको छ । अधिकार सम्पन्न स्थानीय तहलाई नै सूचना तथा सञ्चारको विकासमा सहभागिता जनाउने हैसिएत प्राप्त भएपनि देवदह परिषदले यस तर्फ ध्यान नदिनु चिन्ताको विषय बनेको छ । अन्य नगरपालिकाहरुले सूचना र सञ्चारलाई प्रभाव गर्ने गरि लिखित निर्णय नै गरेर बजेट विनियोजन गरेको अवस्थामा देवदह नगरपालिकाले त्यसमा ध्यान दिन नसक्नु आफैमा दुःखद विषय हो ।
सूचना र सञ्चार आजको आपरिहार्य आवश्यकता हो । सो आवश्यकता परिपूर्ति गर्ने जिम्मेवारी पाएको नगरपालिकाले त्यता तर्फ ध्यान नदिनु अत्यन्त खेदजनक भएको जानकारहरुको भनाई रहेको छ । विगतमा पनि सञ्चारगृहको विकासका निम्ति नगर समवन्त्र तथा रानजैतिक दलहरु संग विभिन्न चरणमा सरसल्लाह र छलफल भएको थियो । यसरी गरिएका छलफललाई क्रमागत रुपले अगाडि बढाउन नसक्नु जननिर्वाचित प्रतिनिधिहरुको कमजोरी देखिएको छ । विभिन्न सूचना र सञ्चार प्रवाह गर्न नगरपालिकाले ती सञ्चारगृहरुलाई प्रयोग गर्दै आएपनि नगरसभाबाट मिडिया मैत्री नीति पारित हुन नसक्नु सञ्चार प्रतिको उपेक्षा हो कि भन्ने आशंका उव्जीएको छ ।
