गोविन्द घर्ती
भाद्र २७ । सहकारीको माध्यमबाट कृषि क्रान्ति गर्नुपर्ने डिभिजन सहकारी कार्यालय रुपन्देहीका प्रमुख नेत्रप्रसाद घिमिरेले बताउनु भएको छ । उहाले सहकारीले मात्र आर्थिक समृद्धि तथा आत्मनिर्भर बन्न सक्ने हुदा सम्पूर्ण नेपाली नागरिक सहकारीमा आवद्ध हुनुपर्नेमा जोड दिनु भयो ।
निर्माण बहुदेश्यीय सहकारी संस्था देवदहको पाचौ बार्षिक साधारणसभाको उद्घाटन गर्दै घिमिरेले उक्त कुरा बताउनु भएको हो । प्रमुख घिमिरेले सहकारीहरुले व्यवसायीक योजना निर्माण गरी सहकारी सिद्धान्तलाई आत्मसाथ गर्न सके सफलता प्राप्त गर्नेमा जोड दिनु भयो । उहाले सहकारीहरु विकास निर्माणमा साझेदारी बन्नु सक्नु पर्ने बताउदै सहकारीहरु वित्तिय कारोवारको रुपमा मात्र संचालन हुन नहुनेमा जोड दिनु भयो । उहाले सहकारीद्धारा ग्रामिण क्षेत्रका नागरिकलाई संगठित गरी उनीहरुको आर्थिक स्तर बृद्धि गर्ने तर्फ सहकारीहरु लाग्नु पर्ने बताउनु भयो ।
सोही अवसरमा बोल्दै जिल्ला सहकारी संघका सदस्य प्रकाश अर्यालले सहकारी मैत्री कानुन आवश्यक रहेको भन्दै सहकारी ऐन शंसोधन हुनु पर्नेमा जोड दिनु भयो । उहाले सहकारीको विकास विना समाज र राष्ट्रको आर्थिक विकास हुन नसक्नेमा बताउनु भयो । सहकारीहरुलाई राज्यले लगाउदै आएको कर सहकारी सदस्यहरुको हित विपरित भएकोले यसलाई हटाउनु पर्नेमा जोड दिनु भयो ।
सहकारी संस्थाका अध्यक्ष रामप्रसाद कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा देवदह आदर्श बहुमुखी क्याम्पस प्रमुख मित्रलाल न्यौपाने, क्रान्तिकारी माओवादीका अध्यक्ष ऋषिराम लामिछाने, देवदह साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष टिका गौतम, शिव पाठक लगायतले आ–आफना भनाई राख्नु भ्रएको थियो । कार्यक्रममा सहकारीका पुर्व पदाधिकारी, एसईई परिक्षामा उत्र्तिण विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । सो अवसरमा सहकारीका अध्यक्ष रामप्रसाद कडेलले संस्थाको प्रगति प्रतिवेदन र करिव ३ करोड ७६ लाख बरावरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सहकारीका उपाध्यक्ष सुन्दरी गिरीको स्वागत र प्रकाश अधिकारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
