गोविन्द घर्ती
भाद्र २७ । नेपाल मगर संघ देवदह नगरसमितिले दुवै मृगौला पिडितलाई सहयोग प्रदान गरेको छ । देवदह–५, कोलुवा निवासी बर्ष ३२ का दुवै मृगौला पिडित निरमाया सारुलाई एक कार्यक्रमका सहयोग रहक हस्तान्तरण गरेको हो ।
संघले मृगौला पिडित सारुको उपचार खर्च वापत ५७ हजार १ सय ७५ रुपैया हस्तान्तरण गरेको हो । नेपाल मगर संघ देवदह नगर समितिका अध्यक्ष लालबहादुर दर्लामीको अध्यक्षता र देवदह–५, का वडा अध्यक्ष झिल्लुप्रसाद न्यौपानेलेको प्रमुख आतिथ्यतामा उक्त सहयोग रकम हस्तान्तरण गरेको हो । संघले विभिन्न वडाबाट संकलन गरिएको उक्त रकम पिडित सारुलाई हस्तान्तरण गरेको संघले जनाएको छ । सहयोग रकम हस्तान्तरण कार्यक्रममा संघका जिल्ला सदस्य नविन थापा, डा. कृष्ण न्यौपाने, संघका उपाध्यक्ष शोभाकुमारी थापा, कोषाध्यक्ष खरसिं श्रीष तथा पदाधिकारी, सदस्यहरुको सहभागिता रहेको थियो । संघका सचिव जसबहादुर पुनको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
त्यसैगरी नेपाल जुनियर रेडक्रस सर्कल केरवानी माध्यमि विद्यालयले पनि मृगौला पिडित निरमाया सारुलाई सहयोग रकम प्रदान गरेको छ । सर्कलका विद्यार्थीहरुद्धारा संकलित ५ हजार रुपैया मृगौला पिडित सारुलाई हस्तान्तरण गरेको हो । सर्कलका अध्यक्ष वविता भट्टराईको अध्यक्षता, विद्यालयका सहायक प्रार्चाय हरिप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शिक्षक नायक कृष्णप्रसाद न्यौपाने लगायतको सहभागिता रहेको थियो ।
