कमल चौधरी
बुटवल । राष्ट्रिय महिला मोर्चा रुपन्देहीले एक कार्यक्रमका बीच शुक्रबार जागरणको लागि भेटघाट भू.पू सैनिक सभाहल देविनगर बुटवल ११ मा संम्पन्न गरेको छन् ।
राष्ट्रिय महिला मोर्चाको जिल्ला अध्यक्ष विमला गुरुङ्गको अध्यक्षता, पार्टीका महासचिव केशव सुर्यवंशीको प्रमुख अतिथ्यतामा भेटघाट तथा कार्यक्रम सम्पन्न भएको हुन् । कार्यक्रममा राष्ट्रिय माहिला मोर्चाका केन्द्रीय अध्यक्ष चन्दा थापा, राष्ट्रिय जनमुक्ति पार्टी क्षेत्र नं. ५ इन्चार्ज तथा उपाध्यक्ष होमाया गुरुङ्ग, मुस्लिम परिषद इन्चार्ज डा. मोहम्द हाजी, उप महासचिव तारा बलाल,, उप सचिव तथा संगठन विभाग सचिव के.वी पुन , संघीय परिषद् सदस्य दल बहादुर बीरकट्ट, यातायात इन्चार्ज तथा संघीय परिषद सदस्य सुर्य कुमार सारु, संघीय परिषद सदस्यहरु हरिओम वि.क, गिता सारु, ज्ञान बहादुर थापा, केश बहादर थापा लगायत अतिथिहरुको उपस्थिति रहेको थियो ।
महिला मोर्चाका जिल्ला उपाध्यक्ष ज्योती थापाको स्वागत र सचिव केशरी गाहाको संचालनमा सम्पन्न कार्यक्रममा महासचिव केशव शुर्यवंशी, महिला मोर्चाको केन्द्रीय अध्यक्ष चन्दा थापा, राष्ट्रिय जनमुक्ति पार्टीका जिल्ला अध्यक्ष झम बहादुर गुरुङ्गल लगायतले बोल्दै उत्पीडित, महिला, मुस्लीम समुदायको अधिकार र पहिचान सुनिश्चित गर्नको लागि एक जुट भएर लाग्नुपर्नेमा जोड दिए । साथै भेटघाट कार्यक्रममा नाचगन गर्नुको साथै बढी पीडितहरुको लागि केही रकम संकलन समेत गरेको राष्ट्रिय महिला मोर्चाका जिल्ला सचिव केशरी गाहा मगरले जनकारी गराए ।
