तमु कलाकार संघ कास्कीद्वारा स्वागत, सम्मान तथा बधाई/मौलिक संस्कृति जोगाउन लाग्नुस् : कर्म तमु

Read Time:4 Minute, 57 Second

रूद्र श्रीसमगर

Image may contain: 5 people, people standingपोखरा, भदौ २२ – तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले कलाकारहरूले मौलिक संस्कृति जोगाउन विशेष भूमिका खेल्नुपर्ने बताउनुभएको छ ।

तमु (गुरुङ) कलाकार संघ नेपाल, कास्कीले बिहीबार आयोजना गरेको स्वागत, सम्मान तथा बधाई कार्यक्रममा बोल्दै अध्यक्ष तमुले तमु जातिको भाषा, संस्कृति, भेषभूषा र कलाको संरक्षणमा तमु कलाकारहरूको विशेष भूमिका हुने बताउनुभयो । ‘तमु कलाकारहरू संगठित हुनु हाम्रा लागि गौरवको कुरा हो’, तमुले भन्नुभयो, ‘भाषा, कला र संस्कृतिको संरक्षणमा लागि पर्नुस्, हाम्रो सदा साथ र सहयोग रहनेछ ।’
तमु धिं नेपालले तमु जातिका लागि मात्र नभइ आम नेपालीहरूका लागि विपद्मा साथ दिँदै आएको बताउँदै अध्यक्ष तमुले तमु कलाकारका लागि हरेक समयमा सहयोगका लागि तत्पर रहेको उल्लेख गर्नुभयो । ‘हाम्रो मौलिक पहिचान भनेको नै भाषा, कला, संस्कृति हो’, उहाँले भन्नुभयो, ‘तमु कलाकारहरू भनेका तमु कला, संस्कृतिको वाहक हुन् ।’

कार्यक्रममा माछापुच्छ«े गाउँपालिकाका अध्यक्ष कर्णबहादुर तमु र हिमाली सांस्कृतिक परिवारका अध्यक्ष मेनकाजी तमुले संस्था जन्माउनु मात्र ठूलो कुरा नभइ संस्थालाई हुर्काउनु र विस्तार गर्नु ठूलो कुरा भएको बताउनुभयो ।

कार्यक्रममा सल्लाहकारका रूपमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् कास्कीका अध्यक्ष धर्म तमु, हिमाली सांस्कृतिक परिवारका अध्यक्ष मेनकाजी तमु, जिल्ला खेलकुद विकास समिति, कास्कीका अध्यक्ष यामबहादुर तमु, गोर्खा कम्युनिटी पोखराका अध्यक्ष मे. लक्ष्मीप्रसाद तमु, कानूनी सल्लाहकार अधिवक्ता अनिता तमु, धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिकी अध्यक्ष रूद्रकुमारी तमु ‘मैना’, राष्ट्रिय लोकदोहोरी रेष्टुरेण्ट व्यवसायी संघ कास्कीका अध्यक्ष अर्जुन तमु, क्या. कमल तमु, ओम फाउण्डेशन नेपालकी अध्यक्ष माया तमु, मीन तमु, तमु प्ये ल्हु संघ, नेपालका केन्द्रीय महासचिव शान्ति तमु, प्रहरी निरीक्षक चन्द्रा तमु र तमु Þयुल छोंज धिं गुरुङ राष्ट्रिय परिषद् कास्कीका अध्यक्ष दलबहादुर तमुलाई सम्मान गरियो ।

त्यस्तै, स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरू पोखरा लेखनाथ महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी तमु, माछापुच्छ«े गाउँपालिकाका अध्यक्ष कर्णबहादुर तमु, मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर तमु ‘श्याम’, अन्नपूर्ण गाउँपालिकाकी उपाध्यक्ष सगुन तमु, पोखरा लेखनाथ महानगरपालिका वडा नं. २० का वडाध्यक्ष सिम तमु, वडा नं. २९ का वडाध्यक्ष चेत तमु, अन्नपूर्ण गाउँपालिका वडा नं. १० का वडाध्यक्ष कुमार तमु, वडा नं. ११ का वडाध्यक्ष हिमबहादुर तमु, मादी गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष लालबहादुर तमु, वडा नं. ९ का वडाध्यक्ष तोरण तमु र वडा नं. ११ का वडाध्यक्ष मित्रबहादुर तमुलाई समेत सम्मान गरिएको थियो ।

साथै, सो अवसरमा ३२ जना आजीवन सदस्यहरूलाई आजीवन सदस्यता वितरण समेत गरियो । कार्यक्रममा गण्डकी तारा ओम तमु, प्रिया तमु र निशा तमुले गीत गाएका थिए भने एनी थापामगर र नितु गुरुङले नृत्य प्रस्तुत गरेका थिए । संघका कास्की जिल्ला अध्यक्ष दुर्गा तमुको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव पूर्ण तमु तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपाल गण्डकीका महासचिव सुरेन्द्र तमुले गर्नुभएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %