विदेशी चलखेल रोक्न कार्यकारी राष्ट्रपति आवश्यक : गुरुङ

Read Time:3 Minute, 2 Second

रूद्र श्रीसमगर
Image may contain: 5 people, people sitting

पोखरा, भदौ १३ – नेकपा (माओवादी केन्द्र)का चार नम्बर प्रदेश इञ्चार्ज देव गुरुङले संसदीय प्रणालीले देशमा राजनैतिक अस्थिरता बढाएको भन्दै स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जानुपर्ने बताउनुभएको छ ।

कास्की जिल्ला सचिवालयस्तरीय प्रशिक्षण कार्यक्रममा मंगलबार पोखरामा अगुवा कार्यकर्ताहरूलाई प्रशिक्षण दिने क्रममा नेता गुरुङले राजनैतिक अस्थिरताका कारण विदेशी चलखेल बढ्दै गएको उल्लेख गर्नुभयो । ‘अहिलेको व्यवस्थाले हाम्रो राजनीति अस्थिर भइरÞयो’, नेता गुरुङले भन्नुभयो, ‘राजनैतिक अस्थिरतालाई रोक्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जानुको विकल्प छैन ।’ कार्यकारी राष्ट्रपति प्रणालीमा गए मात्र देशमा बढ्दै गएको विदेशी चलखेल रोक्न सकिने उहाँको जिकिर थियो ।

‘देश बचाउने जिम्मेवारी माओवादीको काँधमा छ’, नेता गुरुङले भन्नुभयो, ‘भारतले नेपाललाई अझै पनि आफ्नै सुरक्षा छाताभित्र राख्न खोजिरहेको छ, नेपाललाई पूर्ण रुपमा स्वाधीन बनाउने मूल जिम्मेवारी माओवादीकै हो ।’ एक अर्को प्रसड्डमा उहाँले आगामी मंसिर १० गते घोषित प्रदेश र संघीय चुनाव रोक्न विभिन्न चलखेल भइरहेको भन्दै कुनै पनि हालतमा निर्वाचन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

सो कार्यक्रममा पोलिटब्यूरो सदस्य एवं कास्की जिल्ला इञ्चार्ज राजकाजी गुरुङ ‘करण’ र जिल्ला संयोजक बखानसिंह गुरुङ ‘आभास’ले सिंगो पार्टी पंक्ति आगामी मंसिर १० गते हुने प्रदेशसभा तथा संघीय संसद्को चुनावको तयारीमा जुट्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

यसैबीच, प्रशिक्षण कार्यक्रमकै अवसरमा दक्षिण कोरियामा सम्पन्न एसियालीस्तरको ५१ औं बडी बिल्डिङ प्रतियोगितामा कास्य पदक बिजेता अखिल नेपाल खेलकुद महासंघ कास्कीका जिल्ला सदस्य समेत रहेका बडी बिल्डर कमल भण्डारीलाई पार्टीको तर्फबाट प्रदेश इञ्चार्ज देव गुरुङले सम्मान गर्नुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %