देवदहमा बरामद अवैध घरेलु मदिरा नष्ट

Read Time:1 Minute, 15 Second

गाबिन्द घर्ती
Image may contain: one or more people, people sitting, shoes and outdoor

भाद्र १६ । देवदह प्रहरी चौकीले बरामद गरेको अवैध घरेलु मदिरा नष्ट गरेको छ ।

देवदहको विभिन्न क्षेत्रबाट बरामद गरेको करिव २ सय लिटर घरेलु मदिरा देवदह प्रहरी चौकीले नष्ट गरेको हो । देवदहको ढेकावर, सेमराहाना, शिसपुर, स्यालभुके, टटेरा, भवानीपुर, ६ नम्वर चोकको होटलहरुबाट पटक–पटक गरी बरामद गरेको घरेलु मदिरा नष्ट गरेको देवदह प्रहरी चौकीका प्रमुख प्रहरी निरिक्षक सुरज कार्कीले बताउनु भयो ।

घरेलु मदिरा विक्रि वितरण गरिरहेको अवस्थामा देवदह प्रहरी चौकीले बरामद गरेको निरिक्षक कार्कीले बताउनु भयो । घरेलु विक्रि गरिरहेका व्यापारीलाई सचेत गराई छाडिएको प्रहरी चौकीले जनाएको छ । घरेलु मदिरा विक्रि वितरण गर्न नपाउने प्रावधान अनुसार आफुहरुले उक्त घरेलु मदिरा नष्ट गरेको प्रहरी निरिक्षक कार्कीले बताउनु भयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %