सामुदायिक माध्यमिक विद्यालय स्तरीय निवन्ध लेखन प्रतियोगिता सम्पन्न

Read Time:2 Minute, 29 Second

गोविन्द घर्ती
Image may contain: 4 people, people sitting, people standing and indoor

भाद्र १५ । रुपन्देहीको देवदह नगरपालिकामा शैक्षिक विकास र पुस्तकालयको महत्व विषयमा निवन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ ।

देवदह नगरपालिकाले पुस्तकालय दिवसको अवसरमा सामुदायिक माध्यमिक विद्यालय स्तरीय उक्त प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा ९ वटा विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा केरवानी माध्यमिक विद्यालयका आयुसा भण्डारी प्रथम, महामाया भवानी माध्यमिक विद्यालयका एलिना भूषाल द्धितिय, सिता माध्यमिक विद्यालयका पुनम सारु तृतिय भएको छ ।

प्रतियोगितामा प्रथम हुनेले ५ हजार, द्धितिय हुनेले ४ हजार, तृतिय हुनेले ३ हजार नगद प्राप्त गरेका छन् । सो अवसरमा बोल्दै देवदह नगरपालिकाका नगरप्रमुख हिराबहादुर खत्रीले अतिरिक्त क्रियाकलापले विद्यार्थीहरुको आत्म बल बढ्नुको साथै विद्यार्थी भित्र रहेको प्रतिभा प्रस्फुटन हुने बताउनु भयो । उहाले विद्यार्थीहरुको अध्ययनको लागि मात्र नभएर आम नागरिकको लागि पुस्तकालय आवश्यक रहेकोले नगरपालिकाले पुस्तकालय निर्माण गर्नेमा जोड दिनु भयो । हिरामणि शर्मा, कमल न्यौपाने, गणेश ड्म्रेले निर्णायकको भूमिका निर्वाह गर्नु भएको थियो ।

नगरप्रमुख हिराबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा नगरअधिकृत श्रीकृष्ण नेपाल, वडा नं ७ का वडा अध्यक्ष पदम थापा, देवदह आदर्श बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख जयकिशन अधिकारी, समाजसेवी ईश्वरी ढुंगाना, विभिन्न विद्यालयका शिक्षक प्रतिनिधिहरुको सहभागिता रहेको थियो । प्रशासकीय अधिकृत गंगाप्रसाद पन्थीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %