बेलायती सेनाको सर्वोच्च बहादुरी पदक भिक्टोरिया क्रस (भिसी० विजेता तुलबहादुर पुनको ८९ बर्षको उमेरमा आपनै घरमा देहवसान भएको छ ।
पुन पार्थिव शरिरलाई बेलायतमा रहेका छोरा, छोरीहरु तथा आफन्त आएपछि भोली बैशाख ९ गते शुक्रवार कालिगण्डकी नदी किनारामा हिन्दु धार्मिक विधी अनुसार सद्गत गरिने भएको छ । भिक्टोरिया क्रस विजेता तुलबहादुर पुनको मृत्यु पछि अव नेपालका भिसी विजेता कोही जिवित रहेनन् ।
पुनको बुधवार राती ११ बजे जन्मस्थान बेगखोला गाविस(९ तिप्ल्याङमा मृत्यु भएको हो । तुलबहादुर पुनको जन्म विसं २१ फागुन १९६९ (२३ मार्च १९२३० मा म्याग्दी जिल्लाको बेगखोला गाविस(८ बान्दुकमा भएको थियो ।
छोरा विकास पुनका अनुसार जन्म थलो मै मर्ने इच्छा अनुसार बेलायतमा बस्दै आएका पुन गत फागुन अन्तिमसाता जन्मथलो फर्केका थिए । पुनका एक श्रीमति, ३ छोरा र ८ छोरी छन् ।
उनले बेलायत अधिनस्थ भारतिय सेनाको १०११९ नम्बर सिक्स गोर्खाराईफल्स, पल्टनमा कार्यरत रहँदा २३ जुन १९४४ मा बर्माको मकाउको रेल्वे पुलमा जापानी सैनिकसंगको भीषण युद्धमा घाईते अवस्थामा पनि एक्लै बहादुरी पुर्वक लडी युद्ध जितेकोले उनलाई भिसी क्रस पदक प्राप्त भएको हो । यो युद्धमा पुन एक्लैले जापानि सैनिकलाई परास्त गरी २ वटा हल्का मेशिनगन समेत धेरै हतियार कब्जा गरेका थिए । उनलाई यो पदक नयाँ दिल्लीको लालकिल्ला लर्ड ओभेलमा १ जनवरी १९४५ मा प्रदान गरिएको थियो ।
जनवरी २९, १८५८ मा संयुक्त अधिराज्य वेलायतका महारानी भिक्टोरियाबाट राजकीय घोषणाको अधिकार प्रयोगगरी स्थापना भएको यो पदक शत्रु पक्षको उपस्थितीमा आपmनो राष्ट्रको लागी अद्धितिय पराक्रम र निष्ठा युद्धभूमिमा प्रर्दशन गरे वापत प्रदान गरिने ब्यक्तिगत अदम्य साहस र उच्चतम बहादुरीको प्रतीक हो ।