रूद्र श्रीसमगर
पोखरा, भदौ १२ – चलचित्र प्रदर्शनका लागि कतार जान लागेकी नायिका खुशी गुरुङको बिदाइ गरिएको छ ।
दुर्गा गुरुङ ‘मिलन’को गुरुङ संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र ‘क्यु प्ह्रो छे’ अर्थात ‘भेडी गोठाले’को विशेष प्रदर्शनका लागि कतार जान लागेकी नायिका खुशीलाई सोमबार पोखरामा बिदाइ गरिएको हो ।
मिलन डी.जी. इन्टरनेशनल प्रा.लि.को पहिलो प्रस्तुती रहेको सो चलचित्रलाई तमु प्ये ल्हु संघ कतार शाखाको सांस्कृतिक विभागले आगामी सेप्टेम्बर २ तारिखमा विशेष प्रदर्शनको आयोजना गर्न लागेको हो । नायिका खुशीलाई मिलन डी.जी. इन्टरनेशनल प्रालिका संरक्षक सावित्री गुरुङ र प्रबन्ध निर्देशक देउकी सिंजाली ‘दिपिका मिलन’ले खादा ओढाएर सफलताको कामनासहित बिदाइ गर्नुभयो ।
सो अवसरमा मिलन डी.जी. इन्टरनेशनल प्रालिका मिडिया संयोजक रूद्रबहादुर श्रीस र नेपाल मगर लेखक संघ कास्कीका अध्यक्ष कृष्ण थापा ‘मीगीन’ले पनि नायिका खुशीलाई खादा लगाइदिएर सुखद यात्राको कामनासहित कार्यक्रमको सफलताको शुभकामना दिनुभएको थियो । नायिका खुशी बुधबार राती हिमालयन एयरलाइन्सको विमानमार्फत् कतार प्रस्थान गर्नेछिन् ।
