मगर भाषा लोप हुन थालेकोमा चिन्ता

Read Time:2 Minute, 22 Second

रूद्र श्रीसमगर
Image may contain: 17 people, people smiling, people sitting and indoor

पोखरा, भदौ १२ – एक कार्यक्रमका वक्ताहरूले मगर भाषा लोप हुन थालेकोमा चिन्ता व्यक्त गरेका छन् ।

मगर भाषा प्रतिष्ठान, कास्की शाखाको सातौं वार्षिकोत्सव तथा स्थापना दिवसका अवसरमा सोमबार पोखरामा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरूले जनसंख्याको अनुपातमा मगर भाषाका वक्ता कम हुँदै जान थालेकोमा चिन्ता व्यक्त गरे ।
 
कार्यक्रममा बोल्दै नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले नेपालमा मगर जातिको जनसंख्या धेरै भएपनि मगर भाषाका वक्ताको संख्या क्रमशः घट्दै जान थालेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । नेपालको संविधानले मातृभाषालाई संवैधानिक मान्यता दिएपनि कार्यान्वयनमा राज्यपक्ष उदासीन देखिएको भन्दै भाषिक अधिकारका लागि रगत समेत बगाउनु परेको स्मरण गर्नुभयो । मातृभाषाको संरक्षणका लागि गम्भीर भएर सोंच्ने बेला आएको उहाँको भनाइ थियो ।

कार्यक्रममा लोकोत्तर लोकवादी विचार अभियानका संयोजक धनप्रसाद तामाङ, नेपाल मगर महिला संघ कास्कीकी अध्यक्ष फूलकुमारी थापामगर, राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालका अध्यक्ष हर्क आलेमगर, नेपाल मगर पत्रकार संघका कार्यवाहक अध्यक्ष एमबी आस्था मगरलगायतले मातृभाषाको संरक्षण र विकासका लागि राज्य पक्ष एवं सरोकारवाला जागरुक हुनुपर्ने आवश्यकता औंल्याउनुभएको थियो ।

मगर भाषा प्रतिष्ठान, कास्की शाखाका अध्यक्ष रूद्रबहादुर हितानमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रूद्रबहादुर श्रीसमगर र उपाध्यक्ष यामबहादुर थापामगरले स्वागत गर्नुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %