कृष्ण सारू मगर
काठमाण्डौ, भाद्र ६ – मंगलबार प्रकाशित नतिजा अनुसार गोविन्द आचार्यले ७ सय ३२ मत प्राप्त गरी विजयी हासिल अध्यक्षमा निर्वाचित भएका हुन् ।
उहाँका निकतम प्रतिद्वन्द्वी तीर्थ कोइरालाले ६ सय २७ मत ल्याएका थिए । कुल १५०८ मतदाता रहेको निर्वाचनमा १४४९ मत खसेको थियो । जसमध्ये दीलिप थापा मगरले खसेको मत मध्ये अत्याधिक ८५९ मत पाएर समावेशीको उपाध्यक्षमा विजयी भएका छन् ।
विभिन्न पदाधिकारी सहित अधिकाँस पदमा विजयी हासिल गरेका आचार्यको समूहले नेपाल प्रेस युनियन र प्रेस सेन्टरको गठबन्धन बाट विजयी भएका प्रेस सेन्टर समर्थक हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कोइराला प्रेस चौतारीबाट अध्यक्षमा दर्ता गरेका उम्मेदवार हुन् ।
निर्वाचित पदाधिकारीमा खुला उपाध्यक्षमा विपुल पोखरेल, समावेशी उपाध्यक्षमा दिलीप थापामगर, महासचिवमा रमेश विष्ट, खुला सचिवमा रामप्रसाद दाहाल, महिला सचिवमा लक्ष्मी पुन, आदिवासी जनजाति सचिवमा उदय जिएम, मधेशी सचिवमा शीतलप्रसाद महतो, दलित सचिवमा रेम ब. विश्वकर्मा, एसोसिएट सचिवमा प्रकाश थापा र कोषाध्यक्षमा राजेश मिश्र विजयी भएका छन् ।
यस्तै, लेखा समितिको संयोजकमा रोशन पुरी र लेखा सदस्यमा मीरा राजभण्डारी र भूपेन्द्र आचार्य विजयी भएका छन् ।
खुला केन्द्रीय सदस्यमा जन्मदेव जैसी, टेकराज शाही, नकुल अर्याल, लक्ष्मण कार्की र हरिहरसिंह राठौर विजयी भएका छन् ।
महिला केन्द्रीय सदस्य जानुका बराल, श्वेता सिह्ना र सिर्जना अर्याल, दलित केन्द्रीय सदस्यमा गोपाल बराइली र मधु शाही, उपत्यका केन्द्रीय सदस्यमा गोविन्द प्रसाद चौलागाइँ र लेखनाथ न्यौपाने, आदिवासी जनजाति केन्द्रीय सदस्यमा टेकराज थामी र राजेश चाम्लिङ राई, मधेसी केन्द्रीय सदस्यमा अवधेश कुमार झा र सुरेश कुमार यादव, केन्द्रीय सदस्य अपाङ्गतामा माधव चम्लागाई, केन्द्रीय सदस्य अल्पसंख्यकमा छेटु शेर्पा, केन्द्रीय सदस्य प्रतिष्ठानमा टीकाराम प्रधान र यम विरही, केन्द्रीय सदस्य एसोसिएटमा पवन आचार्य र राधेश्याम दाहाल विजयी भएका छन् ।
नयाँ नेतृत्व चुन्न नेपाल पत्रकार महासंघको मतदान कार्यक्रम सकिएको छ । मतदानमा ६६ जना मतदाता (केन्द्रीय सभासद) अनुपस्थित भएका छन् । कुल १ हजार ५ सय १५ मतदाता मध्ये १ हजार ४ सय ४९ ले मात्र मतदान गरेको महासंघले सार्वजनिक गरेको हो ।
