देवदहको प्रथम नगरसभा–२०७४ अन्र्तगतको दोश्रो बैठक शितलनगरमा सम्पन्न

Read Time:2 Minute, 16 Second

गोविन्द घर्ती
Image may contain: one or more people and indoor

भद्रौ ६ । देवदह नगरपालिकाको प्रथम नगरसभा–२०७४ अन्र्तगतको दोश्रो बैठक शितलनगरमा सम्पन्न भएको छ ।

नगरसभा अन्र्तगत दोश्रो बैठकले बार्षिक कार्यक्रम नीति विद्येयक सर्वसहमतिले पास गरेको छ । सो अन्र्तगत दर्घिकालिन नीति, भौतिक पुर्वाधार विकास, आर्थिक तथा सामाजिक विकास, संस्थागत विकास, सरसफाई र वातावरण सन्तुलन, अनुशासन र उत्तरदायित्व लगायतका विषयहरु समेटिएको नीति नगरसभाबाट पास गरेको छ । त्यसैगरी श्रोत परिचालन तथा क्षमता विकास, लागुऔषध नियन्त्रण, पर्यटकीय विकास लगायतका कार्यक्रम तथा नीति नगरसभाबाट सर्वसहमतिले पास गरेको छ ।

त्यसैगरी २०७४/०७५ को आर्थिक ऐन पारित परेको छ । भूमिकर, सम्पति कर, घरवहाल कर, सवारी साधनकर, विज्ञापन कर, मनोरञ्जन कर, पर्यटन शुल्क लगायतका ऐनहरु पारित गरेको देवदह नगरपालिका प्रमुख हिराबहादुर खत्रीले बताउनु भयो । त्यसैगरी देवदह नगरपालिकाको विनियोजन ऐन माथि छलफल भएपनि समय अभावका कारण अर्को बैठकमा पेश गर्ने निर्णय गरेको छ ।

बैठकमा नगरउपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले कार्यक्रम तथा नीति, आर्थिक ऐन र विनियोजन विद्येयक प्रस्तुत गर्नु भएको थियो । नगरसभामा बर्षाको पानी र वाढीले देवदह क्षेत्रमा पुर्याएको क्षति र राहत वितरणको वारेमा नगर सदस्यहरुले कुरा उठाएका थिए । उनीहरुले वाढीबाट प्रभावितहरुलाई नगरपालिकाले तत्काल उचित राहतको व्यवस्था गर्नुपर्ने माग गरेका थिए । नगर प्रमुख हिराबहादुर खत्रीको अध्यक्षतामा बसेको नगरसभाले भद्रौ २१ गते अर्को नगरसभा बस्ने निर्णय गर्दै सकिएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %