छबि मगर
सुन्सरी जिल्ला धरान नगरपालिका –११ का राजकुमार तोलाङ्गे यतिबेला चितवनको क्यान्सर हस्टिल धाइरहेका छन् । करिब ८ वर्ष अगाडी उनलाई सामान्य पेटदुख्ने हुदै उनलाइ पायल्स भएको थाहा थियो ।
उनले पायल्सको औषधी खादै गरेर धरानको वि.पि हस्पिटलमा २०७३ माघ १० गते पायल्सको अपरेशन गरेपछि सुरुभए उनका दुःखदायी दिनहरु । पायल्सको अपरेशन पछि उनलाई डाक्टरले चितवनको क्यान्सर हस्पिटल पठायो उनीले चेकअप गराउदा थाहाभयोकी उनलाई क्यान्सर भैसकेको रहेछ । उनको आन्द्रा काटेर पेटमा निकालिएको छ । उनका दिशा त्यही बाट फाल्ने गरेकाछन् ।
सामान्य घरहरु पेन्टिङ्ग गरेर घरचलाएका ३२ तोलाङ्गे का श्रीमती २ छोराहरु १४ र ८ वर्षको ६ र २ पढ्छन् । भएको पैशा, सम्पती, र श्रीमतीका गरगहना सबै सकिसक्यो अब मलद्धाराको अपरेशन गर्ने अझै २ लाख लाग्नेछ । सरकाले अगाडी नै १ लाख बराबरको उपचारका छुट गरिसकेकोछ । अपरेशन गरेपनि उनको आन्द्र पेटमा निकालेर नै दिसा गर्नुपर्छ । क्यान्सरले पिसाब नली सम्म छोएको भए उनको पिसाब नली पनि पेटबाटनै निकालेर राख्ने डक्टरले बताएका छन् । भन्दै टुडे पोखरा सग गहभरी आसु झार्दै बाचेत केही गरेर पनि खान्ते भन्छन तोलाङ्गे ।
सहयोगी नेपाली मनहरुको प्रा.लिका शेरधनिहरुले कतारमा सहयोगि नेपाली मनहरूका अध्यक्ष लोकेश गैह्रै, उपाध्यक्ष चित्र आले, सहयोगीहरु राजकुमार धिमाल, यदुराज गिरी, निङ्मा लामा, संजय थापामगर, सोमनाथ बर्तौला, कृष्ण बुढाथोकी, नरेन्द्र चिदीमगर, विनोद सुवेदी र शिव बस्नेतले सहयोग गरेका थिए । नेपालका संचालक, निर्देशक छबि मगरले चितवन सम्म पुगेर २५,००० हजार सहयोग रकम हरुतान्तरण गरेका छन् । उनले सहयोगी नेपालीमनहरुलाई धन्यबाद दिएका छन् । तपाइहरुको सहयोगले जिवन बच्न सक्छ भन्छन तोलाङ्गे । उनीलाइ अझै सहयोग गरि उनको जीवन बाचाउन सबैमा अपिल छ ।
राजकुमार तोलाङ्गे मोबाल नं ९८०५३००२३५
