दुई संस्थाले गरे अधिकारीलाई एकैदिन सम्मान

Read Time:2 Minute, 1 Second

फेवा टेलिभिजन

Image may contain: 1 person, standing and outdoor
पोखरा, भदौ ५ – फेवा टेलिभिजनका स्टेशन म्यानेजर हेमराज अधिकारीलाई एकैदिन दुई संस्थाले सम्मान गरेका छन । पोखरामा रहेर पत्रकारीता गरिरहेका अधिकारीलाई पृथ्वीचोक स्थित हाम्रो दोहोरि साँझ र चिप्लेढुङगामा रहेको गाउँशहर दोहोरि साँझले सम्मान गरेका हुन ।

पत्रकारिता मार्फत लेपाली लोक संगित, कला  र संस्कृतिको संरक्षणमा योगदान पु¥याएको भन्दै अधिकारीलाई सम्मान गरिएको हो । हाम्रो दोहोरि साँझले तेस्रो वार्षिक उत्सव श्रष्टा सम्मान एवमं विशेष साँगितिक साँझ– २०७४ मा अधिकारीलाई सम्मान गरेको थियो ।

अधिकारीलाई पोखरा लेखनाथ महानगर पालिकाका कार्यकारी अधिकृत दीर्घ नारायण पौडेलले खादा ओढाई सम्मान पत्रले सम्मान गर्नूभएको थियो । हाम्रो दोहोरीको साँगितिक साँझमा वरिष्ठ लोक गायक खडक गर्वुजालाई पनि सम्मान गरिएको थियो । 

त्यस्तै गाउँ शहर दोहोरि साँझले हरितालिका तिजको अवसरमा आयोजित दर खाने कार्यक्रममा अधिकारीलाई सम्मान गरेको हो । सम्मानीत व्यक्तित्व अधिकारीले सम्मानले अफुलाई अझै जिम्मेवारी वढाएको वताउदै लोक संस्कृतिको संरक्षणमा निरन्तर लागिरहने बताउनु भयो । अधिकारीलाई गत साउन २८ गते मात्रै पोखरा नगर रेष्टुरेण्ट तथा बार एशोसियसन (सिटी रेवान)ले पनि सम्मान गरेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %