काठमाडौ, वैशाख ८
चीन, भारत र नेपालको नागरिकता लिएको भन्ने आरोप लागेका अर्थराज्यमन्त्री लार्केल लामाले आज राजिनामा दिने भएकाछन् ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार प्रकाश ज्वालाले अर्थराज्यमन्त्री लार्केल लामाको राजिनामा आजै आउने बताएका छन् । राजधानीमा विहीबार आयोजित कार्यक्रममा बोल्दै उनले अर्थराज्यमन्त्री धेरै विवादित भएकाले राजिनामा मागिएको जानकारी दिए ।
विभिन्नकोणबाट उनी आरोपित भएपछि प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको सरकारमाथि नै शंका उत्पन्न भएको थियो । एमालेका सभासदसमेत रहेका लामाको पार्टी नेतृत्वबाटै राजिनामा माग गरिएको थियो ।
प्रधानमन्त्री खनालले मन्त्री लामालाई उनीमाथि लागेको आरोपको सार्वजनिकरुपमा प्रष्ट पार्न बुधार निर्देशन दिएका थिए । लामाको नियुक्तीबारे एमाले अनुशासन आयोग, संसदको राज्य व्यवस्था समिति र आफ्ना सल्लाहकारले समेत असुष्टि व्यक्त गरेपछि प्रधानमन्त्री खनाल राजिनामा माग गरेको बुझिएको छ ।