रूद्र श्रीसमगर
पोखरा, भदौ ३ – बागलुङ–पोखरा मगर समाजद्वारा हरितालिका तीजका अवसरमा आयोजित दर खाने कार्यक्रम तथा चेलीबेटी भेटघाट कार्यक्रममा शुक्रबार लोकदोहोरी कलाकारहरूले बागलुङे मगर दिदीबहिनीहरूलाई छमछमी नचाए ।
सो अवसरमा लोक तथा दोहोरी गायक नवीन रानामगर, लोक तथा दोहोरी गायिकाद्वय सृष्टि पुनमगर र भवि घर्तीमगरले तीजे गीत तथा सालैजो गीतमा रमाइलो प्रस्तुती राखेका थिए ।
कार्यक्रममा बोल्दै समाजका पूर्व अध्यक्ष एवं सल्लाहकार संयोजक मेखबहादुर छन्त्यालमगरले हरेक संस्कृतिको आफ्नै महत्व रहेको उल्लेख गर्नुभयो । नेपालमा मनाइने सबै चाडपर्व र संस्कृतिको सबैको साझा भएको भन्दै उहाँले कुनै पनि संस्कृति आफ्नो र अर्काको नहुने धारणा राख्नुभयो ।
बागलुङ–पोखरा मगर समाजका उपाध्यक्ष कृष्णाकुमारी श्रीसमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन गजेन्द्र थापामगर र कोषाध्यक्ष कृष्णा पुनमगरले स्वागत गर्नुभएको थियो ।
