देवदह व्यापार संघले नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा पुराना प्रतिनिधिहरुलाई सम्मान

Read Time:2 Minute, 40 Second

गोविन्द घर्ती
Image may contain: 12 people, people sitting

भद्रौ ३ । सबैको सहयोगले मात्र देवदहको विकास संभव रहेको देवदह नगरपालिकाका नगर प्रमुख हिराबहादुर खत्रीले बताउनु भएको छ ।

उहाले देवदह नगरपालिकाको विकासका लागि नीजि क्षेत्रका व्यवसायीहरुले सहयोग गर्नुपर्नेमा जोड दिनु भएको थियो । देवदह व्यापार संघले आयोजना गरेको सम्मान, बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो । देवदह व्यापार संघले नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा तेश्रो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०७३ सफल बनाउन सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो । संघले महोत्सवको अवधिभर विभिन्न उपसमितिको संयोजक, सहसंयोजक, सदस्यहरुलाई सम्मान गरेको हो ।

सोही अवसरमा बोल्दै रुपन्देही व्यापार संघ रुपन्देहीका पुर्व अध्यक्ष टंकप्रसाद पोखरेलले नीजि क्षेत्रलाई प्रवद्र्धन गर्न नगरपालिकाले सहयोग गर्नुपर्नेमा जोड दिनु भयो । उहाले देवदह क्षेत्रको गहनाको रुपमा रहेको देवदह व्यापार मेलालाई व्यवस्थित गर्न नगरपालिकाले विशेष सहयोग गर्नुपर्ने बताउदै त्यसको पुर्वाधार विकासमा नगरपालिकाले टेवा पुर्याउनु पर्ने बताउनु भयो ।
Image may contain: 16 people, people sitting

देवदह व्यापार संघका अध्यक्ष कोषबहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, रुपन्देही व्यापार संघका बरिष्ठ उपाध्यक्ष पदम श्रेष्ठ, सिद्धिचरण भट्टराई लगायतले आ–आफना भनाई राख्नु भएको थियो । सो अवसरमा नवनिर्वाचित देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्री, उपमेयर विद्यालक्ष्मी गुरुङ्ग, वडा अध्यक्षहरुलाई सम्मान गरिएको थियो । बरिष्ठ उपाध्यक्ष ठाकुरप्रसाद गौतमको स्वागत र महासचिव माधव ढकालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %