चौथो जननी तीज विशेष हस्तकला व्यापार मेला सम्पन्न

Read Time:8 Minute, 35 Second

रेडियो जननी
Image may contain: 1 person
पोखरा, भदौ ३ – चौथो जननी तिज विशेष हस्तकला व्यापार मेला–२०७४” सम्पन्न भएको छ ।

“आर्थिक समृद्धिका लागि उद्यमशीलता सँगै प्रजनन स्वास्थ्यमा महिला अधिकार” भन्ने मुल नाराका साथ पद्मावती मिडिया प्रा.लि द्वारा सञ्चालित रेडियो जननी ९०.६ को आयोजनामा सम्पन्न भएको मेलामा उद्यमशीलताको माध्यमबाट आर्थिक रुपमा समाज परिवर्तन तथा महिला प्रजनन् स्वास्थ्यमा अधिकार, लिङ्ग पहिचान गरी गर्भपतन नगरौं सम्बधी सामुहिक तीज गीत प्रतियोगितामा कामधेनु महिला कृषक समुहले प्रथम हुँदै नगद रु २१ हजार जितेको छ भने नेपाल मगर संघ ईकाइ समिति रामबजारले द्वितिय हुदै नगद रु १५ हजार जितेको छ । त्यस्तै प्रतियोगितामा चण्डिका आमा समुहले तृतीय हुँदै नगद रु १० हजार जितेको छ । त्यस्तैगरी सान्त्वना हुँदै धारापानि आमा समुहले रु ३ हजार पुरस्कार जितेको हात पार्न सफल भएको छ । प्रतियोगितामा उत्कृष्ट भेषभुषामा जनहित महिला समुहले नगद रु ३ हजार हात पारेको छ भने उत्कृष्ट नृत्य प्रस्तुत गर्दै विश्वकर्मा आमा समुहले नगद रु ३ हजार पुरस्कार जितेको छ । कार्यक्रममा उत्कृष्ठ सहभागिता जनाउदै घारीपाटन जागृति आमा समुहले ३ हजार नगद र प्रमाणपत्र प्राप्त गरेको छ भने प्रोत्साहन पुरस्कार तर्फ जाल्पादेवि महिला उद्दार संस्था र क्षत्रि समाज प्रारम्भिक कमिटि ढिकुपोखरीले नगद रु २ हजार र प्रमाण पत्र हात पारेको छ ।

प्रतियोगिताको निर्णायकमा दोहोरी गीत प्रतिष्ठान गण्डकीका महा सचिव सुरेन्द्र गुरुङ, लोक गायीका सरस्वति लामिछाने र  लोक गायिका सिता केसीरहनुभएको थियो । तीज गीत प्रतियोगितामा ३० समुहले सहभागीता  जनाएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सासंद सारदा पौडेलले तडकभडक विनाको तीज मनाउन सबैलाई आग्रह गर्नुभयो । सांसद पौडेलले रेडियो जननीले महिलाहरुलाई उद्यमशील बन्न प्रेरित गर्दै विभिन्न वडामा गरिएका कार्यक्रमहरुको प्रशंसा गर्नुभयो । अहिलेको संविधानले महिलाहरुको हक र अधिकारको सुनश्चित गरेको भन्दै उद्यमशिल भयौं भने कसैको अगाडी हात थाप्न नपर्ने भएकाले उद्यमशिलतामा लाग्न उहाँको अनुरोध थियो ।
त्यस्तै कार्यक्रममा बोल्दै सासंद वृन्दा रानाले रेडियो जननीले महिला उद्यमी बनाउन गरेको कार्य सरानिय रहेको बताउनुभयो । उहाँले महिला आर्थिक रुपमा सम्पन्न भए मात्र समाज हुने विभिन्न खाले हिंसाबाट मुक्त हुन सक्ने बताउदैं स्थानिय तह निर्वाचनले महिलाको तह पनि उकास्न सहयोग गरेको बताउनु भयो ।

नेकपा एमाले कास्कीका उपसचिव प्रभा कोईरालाले रेडियो जननीले सन्देशमुलक कार्य गर्दै आएकोमा प्रसंशा
संस्कृति र चाडपर्वको संरक्षण गर्नको लागी यस्ता कार्यक्रमहरुले मद्धत पुग्ने बताउनुभयो । उहाँले यदि महिलाले आँफुलाई सक्षम बनाउन सक्ने हो भने महिलाहरु पनि देशको नेतृत्वमा पुग्न सक्ने कुरामा जोड दिनुभयो । कार्यक्रममा आफ्ना भनाई राख्दै महिला तथा बालबालिका कार्यालय कास्कीका प्रमुख लक्ष्मी जिसीले उद्यशिलताको विकास गर्दै रेडियो जननीले जस्तो नाम त्यस्तै काम गरेको भन्दै शुभकामना व्यक्त गर्नुभयो । साथै उहाँले सम्पुर्ण सञ्चार मिडियाले सचेतनामुलक कार्य गर्ने हो भने समाज अवश्य पनि रुपान्तरण हुने हुदाँ सबैलाई यस्तै कार्यक्रम गर्न समेत आग्रह गर्नुभएको थियो । अझै पनि हाम्रो समाजमा आमा कोखमा छोरी छ भन्दा गर्वमा नै मार्ने प्रवृति रहेको र कतिपय महिलाहरु बोक्सीका नाममा मारिएको भन्दै यस्ता अपराधजन्य कार्यहरु निर्मुल गर्न नसके स्वतन्त्र भएर तिज मनाउनुको कुनै अर्थ नहुने बताउनुभयो ।
जनस्वास्थ्य कार्यालय कास्कीका निमित्त जनस्वाथ्य प्रमुख बोधराज सुबेदिले रेडियो जननीले सचेतनामुलक गतिविधिहरु गर्दै आएकोमा आभार ब्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

कार्यक्रमका मुख्य प्रायोजक विज्ञान आर्युवेद फर्माका कृष्ण राउतले स्वथ्य महिलाले मात्र उद्यम गर्न सक्ने भएकोले स्वस्थ हुन जरुरी रहेको बताउदैं उहाँले तिजको बेला विषेशतः खानपिन लगायत महिलाहरुले लगाउने गरगहना, लुगा कपडा आदीमा ध्यान दिनुपर्ने बताउनुभयो । रेडियो जननीले तीजको अवसरमा आयोजना गरेको मेलामा प्रजनन् स्वास्थ र भ्रुण हत्या सम्बन्धि उठाएको मुद्धा अत्यन्तै राम्रो रहको भन्दै सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

कार्यक्रममा बोल्दै रेडियो जननीका अध्यक्ष हिरा भट्राईले रेडियोले  विगतका ४ वर्षदेखि तीज विशेष कार्यक्रम गर्दै आएको जानकारी गराउँदै तीज मनाउँदा आर्थिक समृद्धिलाई पनि ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले तीज परिमार्जित तरिकाले मनाउन थालीएको भन्दै अबका तीज गीतमा समाज रुपान्तरण गर्ने खालका शब्द प्रयोग गर्नुपर्ने बताउनुभयो । उहाँले आर्थिक रुपमा सबल हुन सके मात्रै कोही अन्यायमा पर्न नपर्ने बताउनभयो । मुलुकले लामो समयपछि जनप्रतिनिधि पाएकाले अब जनप्रतिनिधिले सबैको भावना समेटेर जानुपर्ने उहाँको भनाई थियो । उँहाले बाढिपहिरोका धेरै जनधनको क्षति भएको भन्दै देश रोइरहदा हामीले हाम्रो कर्तव्य र जिम्मेवारी पनि याद गर्नुपर्नेमा जोड दिनुभयो ।

रेडियोका प्रबन्ध निर्देशक लक्की कार्कीले हामिले आफ्नो सोच बदल्नु पर्ने समय भएको बताउनुभयो । रेडियो जननीका स्टेशन म्यानेजर एवम् मेला संयोजक विमला भण्डारीले मेला भव्यताका साथ सम्पन्न भएको बताउदै मेलामा सहभागिता जनाउने सम्पूर्णलाई र सहयोगी दाताहरुप्रति धन्यवाद ज्ञापन गर्नुभयो । रेडियोका सिफ्ट इन्चार्ज एवम् अर्थ संयोजक गंगा मरासिनीले मेलालाई सभ्य र भव्य रुपमा सफल बनाउन सहयोग गर्ने सम्पूर्ण प्रायोजकहरु र संघसंस्थाप्रति आभार व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा विभिन्न स्थानीय कलाकारहरुले साङगीतिक प्रस्तुती राखेका थिए ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %