दर्शन कल्याण ठकुरी समाजको पाचौ साधारणसभा एवं दरखाने कार्यक्रम सम्पन्न

Read Time:2 Minute, 28 Second

गोविन्द घर्ती
Image may contain: 9 people
साउन ३२ । दर्शन कल्याण ठकुरी समाज क्षेत्रीय समिति देवदहको पाचौ साधारणसभा महिलाहरुको पर्व हरितालिका तीजको अवसरमा दरखाने कार्यक्रम सम्पन्न गरेको छ ।

समितिका अध्यक्ष निलध्वज मल्लको अध्यक्षता, दर्शन कल्याण ठकुरी समाजका जिल्ला अध्यक्ष रामबहादुर ठकुरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोल्दै ठकुरीले ठकुरी समाजमा रहेको संस्कृतिको संरक्षण आवश्यक रहेको बताउदै त्यसको लागि सवै एकजुट भएर लाग्नु पर्नेमा जोड दिनु भयो । त्यसैगरी सोही कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्रीले सम्पूर्ण जातजातीको भाषा, संस्कार, संस्कृतिको संरक्षण र सम्वद्र्धनको लागि नगरपालिका लागि पर्ने बताउनु भयो । उहाले देवदह पर्यटकीय हिसावले महत्वपूर्ण रहेकोले सम्पूर्ण जातजातीको रहन सहन, संस्कार संस्कृतिको प्रवद्र्धन गर्दै पर्यटकीय नगरको रुपमा विकास गर्ने बताउनु भयो ।

कार्यक्रममा दर्शन कल्याण ठकुरी समाजका संस्थापक जिल्ला अध्यक्ष जंगबहादुर शाह ठकुरी, जिल्ला समिति रुपन्देहीका महिला उपाध्यक्ष मिना मल्ल, देवदहका संस्थापक अध्यक्ष खोमबहादुर ठकुरी लगायतले आ–आफना भनाई राख्नु भएको थियो । सो अवसरमा देवदह नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख हिराबहादुर खत्री र उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा समितिका अध्यक्ष निलध्वज मल्लले बार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष सिपबहादुर मल्लले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । संस्थापक कोषाध्यक्ष शिला मल्लको स्वागत र सचिव भविन्द्र मल्लको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %