देब पचभैया
पाल्पा, साउन ३१ – राष्ट्रिय गौरबको इतिहास जोडिएको जोडिएको भगवती जात्रा मनाउन बर्सेनी चन्दा उठाउनु पर्ने बाध्यता छ । जात्रा सम्पन्न गर्न हरेक बर्ष झण्डै चार लाख खर्च हुने भएपनि २०१५ साल देखि सरकारले दिदै आएको एक हजार नगद लाई बढाएर २०७० साल बाट बार्षिक ५ हजार दिदै आएको छ । रथ बोक्न मात्रै ४२ जनाको आवश्यक पर्ने र पन्चबलीमा धेरै रकम खर्च हुने समितिका सचिब भिमसेनकार्कीले जानकारी दिनुभयो । भतmजन र स्थानिय सहयोगीहरु बाटै चन्दा उठाएर जात्रालाई निरन्तरता दिएको बताउदै सचिब कार्कीले जात्राको निरन्तरता र मन्दिरको संरक्षणका लागी अक्षयकोषको शुरुवात गरिएको बताउनुभयो ।
