गृहमन्त्रीको टुङ्गो नलागेपछि माओवादीको पोलिटब्युरो बैठक बस्दै

Read Time:2 Minute, 39 Second

काठमाडौँ, ७ वैशाख

सरकारमा पठाउने बाँकी मन्त्रीहरूको टुङ्गो लगाउन सत्ता साझेदारका रूपमा रहेको एकीकृत नेकपा (माओवादी)को पोलिटब्युरो बैठक आजदेखि सुरु भएको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा दिउँसो १२ बजेदेखि सुरु भएको सो बैठकले पार्टीको भागमा परेका मन्त्रालयमा कसलाई पठाउने भन्ने विषयमा छलफल हुने र गृह मन्त्रालयको जिम्मेवारी कसलाई दिने भन्ने विवाद टुङ्ग्याउने प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए  ।

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो राजनीतिक वस्तुस्थितिका बारेमा तयार पार्नुभएको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने पनि प्रवक्ता शर्माले बताए  ।    

निर्धारित समयमा संविधान जारी गर्न र शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउनका लागि पार्टीले अख्तियार गर्ने नीतिका बारेमा पनि बैठकमा छलफल हुने र बैठकबाट शान्ति र संविधानका पक्षमा स्पष्ट खाका तयार पारिने जनाइएको छ ।

पार्टीमा गृह मन्त्रालयको जिम्मेवारी कसलाई दिने भन्ने विवाद चरम उत्कर्षमा पुगेपछि यही वैशाख ३ गते बसेको स्थायी समितिको बैठकले पोलिटब्युरो बैठकबाट टुङ्ग्याउने निर्णय गरेको थियो ।

पार्टी अध्यक्ष दाहालले वर्षमान पुनलाई गृह मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेपछि पार्टी उपाध्यक्ष मोहन वैद्यले असन्तुष्टि जनाउनुभएको थियो । वैद्यले नेता देव गुरुङलाई गृह मन्त्रालयको जिम्मेवारी दिनुपर्ने अडान राख्दै आएका थिए ।

पछिल्लो समयमा पार्टीका विदेश विभाग प्रमुख एवम् सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महरालाई गृह मन्त्रीको जिम्मेवारी दिने पार्टीका अर्का उपाध्यक्ष डा बाबुराम भट्टराईको सिफारिसमा सहमति खोज्ने प्रयास भइरहेको जनाइएको छ । बैठक भोलिसम्म जारी रहने छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %