ट्रक दुर्घटनामा २ को मृत्यु ३ गंभिर

Read Time:1 Minute, 5 Second

देब पचभैया
Image may contain: text

पाल्पा, साउन २७ – स्याङ्गजाको मालुङ्गामा शुक्रबार दिउसो ४ बजे तिर भएको ट्रक दुर्घटनामा २ जनाको ज्यान गएको छ । 

३ जना गंभिर घाईते भएका छन् । दुर्घटनामा वालिङ्ग १४ स्याङ्गजा घर भई कपिलबस्तु बाडगंगा २ मा बस्दै आउनुभएका ७५ बर्षिया जानकी थापा मगर र सोही स्थानका अन्दाजी ७५ बर्षिय कृष्ण थापा मगरको  ज्यान गएको घटनास्थलमा रहनुभएका जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्गजाका प्रहरी जवान हरेन्द्र छहारीले जानकारी दिनुभयो ।

दुर्घटनामा गंभिर घाईते भएका ३ जनाको पाल्पाको लुम्बिनी मेडिकल कलेजमा उपचारको लागी पठाएको प्रहरीले जनाएको छ । पोखरा बाट बुटवलको लागी छुटेको ना ३ ख ५५४७ नम्बरको ट्रक दुर्घटनामा परेको हो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %