संजय सिंजालीमगर
काठमाण्डौं, साउन २६ – अधिकार, प्रतिनिधित्व र स्वशासनका लागि आदिबासी जनजातिको अडान, पहिचान सहितको संघीयताको लागि संविधान संसोधन हाम्रो साझा अभियान भन्ने मूल नाराका साथ २३औं विश्व आदिबासी दिवस(अगष्ट ९) भव्यताका साथ काठमाण्डौंमा मनाएको छ ।
जनजाति महासंघका अध्यक्ष जगत बरामको सभापतित्वमा भएको यस कार्यक्रम प्रमुख आतिथि शेर बहादुर देउवाले नेपाल आदिबासी जनजाति महासंघका संस्थापक महासचिव सुरेश आले मगरलाई सम्मान गर्नु भयो ।
कार्यक्रमलाई भव्य रुपमा सफल पार्न आदिबासी जनजातिकाको बाक्लो उपस्थित रहेको थियो । सो जनजातिको समारोहलाई बिभिन्न जनजातिहरुले आ-आफ्नो भेषभूषामा उपस्थितीका साथ झाकीहरु प्रर्दशन गर्दै, बिभिन्न संघसंस्थाका व्यानर, झण्डा र प्लेकार्डहरु बोकेर भृकुटीमाण्डप देखि र्याली सूरु गरि, सुन्धार, निउरोड,रत्नपार्क, जमल, घण्टाघर हुदै भृकुटीमाण्डप राष्ट्रीय सभा गृहमा पुगि अन्त्य गरिएको थियो ।
सो समारोहमा बाक्लो उपस्थित रहेका जनजातिका अगुवाहरुले बोल्ने क्रममा आहिलेको संविधान जनजाति हित बिपरित रहेको हुदा संविधनलाई संशोधन गर्नुपर्ने, अधिकार सहितको पहिचान र संघीयतालाई संविधनमा सुनिश्च्त गर्नुपर्ने लगाएतको थुप्रै मागहरु प्रधानमन्त्री समुक्ष्य राखेका थिए ।{facebook}1352857151430476{/facebook}
फोटो हेर्न तलको लिङ्क थिच्नुहोस् ।
२३औं बिश्व आदिबासी दिवस-२०७४ राष्ट्रीय सभागृहमा मनाईएको फोटो झलक:.
