मादी गाउँपालिका–७ का बालबालिकालाई पोशाक तथा किसानलाई बीउ बिजन वितरण

Read Time:1 Minute, 53 Second

रूद्र श्रीसमगर

मादी, साउन २५ – कास्कीको मादी गाउँपालिका वडा नं. ७ का बालबालिकालाई पोशाक तथा किसानलाई कृषि बीउ बिजन वितरण गरिएको छ ।

सो वडामा रहेका २४० घरधुरीलाई कृषि बीउ बिजन वितरण गरिएको वडाध्यक्ष लालबहादुर गुरुङले जानकारी दिनुभयो । वडाध्यक्ष गुरुङका अनुसार सो वडामा रहेका ९ वटा टोलका संयोजकहरूमार्फत् बीउ बिजन वितरण गरिएको हो ।

त्यसैगरी, सो वडाका कक्षा पाँचसम्मका १३६ जना बालबालिकालाई पोशाक समेत वितरण गरिएको छ । सो कार्यक्रमको मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ ‘श्याम’ले बालिका विनिता गौतमलाई पोशाक वितरण गरी उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा सिल्दु आधारभूत विद्यालय, बराह आधारभूत विद्यालय, धनुबास कालिका आधारभूत विद्यालय, बालकदम आधारभूत विद्यालय, कालिका आधारभूत विद्यालयलगायतका विद्यालयमा अध्ययनरत बालबालिकाहरूलाई पोशाक वितरण गरिएको थियो ।

सो अवसरमा गाउँपालिका अध्यक्ष गुरुङसहित पशु स्वास्थ्य कार्यकर्ता चेतबहादुर कार्की, कृषि कार्यकर्ता लोकबहादुर कार्की, वडा नं. ६ का वडाध्यक्ष पसबहादुर बाँस्तोला, धनुबास कालिका माविका प्रधानाध्यापक गोपाल सापकोटा, वडा सदस्य नारायण सापकोटालगायतले बोल्नुभएको थियो ।

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %