देब पचभैया

पाल्पा, साउन २६ – २३ औ विश्व आदिवासी जनजाती दिवसको अवसरमा पाल्पाका जनप्रतिनिधि सम्मानित भएका छन् । नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वयन परिषद पाल्पाले बुधबार तानसेनमा बृहत कार्यक्रमको आयोजना गरी नगरपालीकाका प्रमुख उपप्रमुख, गाउपालीका अध्यक्ष उपाध्यक्ष र वडा अध्यक्षमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो । पंन्चे बाजा सहितको झाकी र्यालीले तानसेन बजारको परिक्रमा गरेपछि तानसेन नगरपालीका हलमा सम्मान कार्यक्रम भएको थियो ।
सम्मानिति सबैलाई शुभकामना दिदै नेपाली काग्रेस पाल्पाका सभापति बीर बहादुर राना, एमाले पाल्पाका प्रतिनिधि एवं पुर्ब सभासद नारायण घिमिरे शर्मा, नेकपा माओबादीका जिल्ला सचिबालय सदस्य नबिन थापा मगर, राप्रपा पाल्पाका अध्यक्ष डुल बहादुर कुवर, राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष बिशाल दर्लामी, राष्ट्रिय जनमुक्ति पार्टी पाल्पाका उपाध्यक्ष मदन सिंह राना र नेकपा माले पाल्पाका अध्यक्ष धनराज पौडेलले इन्दार भएर जनताको सेवा गर्न आग्रह गर्नुभयो ।

सम्मानित भएपछि तानसेन नगरपालीकाका मेयर अशोक कुमार शाहीले केन्द्रको अधिकारलाई गाउ तहमा पुर्याउन सबै जनताको साथ र सहयोग आवश्यक हुने बताउनुभयो । समाजमा पछि परेकाहरुलाई माथि उठाउन राज्य बाटै पहल हुनुपर्नेमा जोड दिदै समान अधिकार प्राप्तीका लागी स्थानिय तहबाट आफुहरु जहिले पनि सकारात्मक सहयोग गर्न तयार रहेको बताउनुभयो ।
तानसेन नगरपालीकाका उपमेयर लक्ष्मी पाठक, रम्भागाउपालीकाका उपाध्यक्ष राधाकुमारी श्रेष्ठ र पूर्बखोला गाउपालीकाका उपप्रमुख भागीरथी भट्राईले अधिकार प्राप्तीको लागी एकता आवश्यक रहेकोमा जोड दिनुभयो । शिक्षा र चेतनाको कमीले गर्दा महिलाहरु पछि परेको भन्दै उहाहरुले हिंसा वा पिडामा परे सहेर नबस्न आग्रह गर्नुभयो । नेपाल पत्रकार महासंघ पाल्पाका कोषाध्यक्ष मिलन बिश्वकर्मा र बुद्धिजिबि निर्मल श्रेष्ठले जनप्रतिनिधिलाई चुनावमा भोट माग्दा गरेका बाचा पुरा गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा पूर्बखोला गाउपालीका वडा नम्बर १ का अध्यक्ष भोग बहादुर थापा मगर, निस्दी गाउपालीकाका प्रमुख मुक्त बहादुर सारु, पूर्ब खोला गाउपालीकाका प्रमुख नुन बहादुर थापा मगर, माथागढी गाउपालीकाका प्रमुख सन्तोष थापा मगर, तिनाउ गाउपालीकाका प्रमुख ओम बहादुर घर्ती मगरले आवश्यक एैनको अभाबमा स्थानिय तहमा कामगर्न समस्या भएको गुनासो गर्नुभयो । जनताकै मत लिएर निर्वाचित भएको भन्दै जनताकै खबर दारी र सुझाब सल्लाहमा काम गरिरहेको उहाहरुको भनाई थियो । सम्मानित जनप्रतिनिधिहरुलाई पाल्पा श्रीनगर समाज हङ्गकङका प्रतिनिधि बिरु आले मगर, जनजाति महासंघ पाल्पाका सस्थापक अध्यक्ष एबं निर्देशन समितिका संयोजक गम बहादुर थापा लगाएतले बधाइ एवं शुभकामना दिनुभएको थियो । जनजाति महासंघ जिल्ला समन्वय समिति पाल्पाका अध्यक्ष केहर सिंह राना मगरको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका उपाध्यक्ष प्रेम सागर शाहीले पाहुनाको स्वागत गर्नुभयो । कार्यक्रमको बिचमा साहारा कलाकेन्द्र र छमछमी कलाकेन्द्रका कलाकारहरुको नृत्य समेत रहेको थियो ।
