कार्यकर्ताहरु आक्रोस पछि नेकपा एमाले देवदह नगरकमिटीको समिक्षा बैठक स्थगित

Read Time:2 Minute, 16 Second

गोविन्द घर्ती

साउन २१ । नेकपा एमाले देवदह नगरकमिटीको समिक्षा बैठक स्थगित भएको छ ।

देवदह–७, पिपलडाडामा भएको समिक्षा बैठकमा कार्यकर्ताहरुको आक्रोस पछि स्थागित भएको हो । स्थानीय तहको निर्वाचनमा पार्टीका नेताहरुले नै अन्तरघात गरेर मेयरलाई हराउएको भन्दै कार्यकर्ताहरुले बैठकमा होहल्ला गरेपछि स्थगित भएको हो । पार्टीका जिल्ला सचिवालय सदस्य एवं क्षेत्र नं १, का क्षेत्रीय ईन्चार्ज सिद्धिचरण भट्टराईले आफना भनाई राखीरहदा कार्यकर्ताहरुले ईन्चार्ज भट्टराई नै अन्तरघाती हो, उनको कारणले नै मेयरको निर्वाचन हारेको भन्दै कार्यकर्ता उत्तेजित भएका थिए । क्षेत्रीय ईन्चार्जको भूमिका समेत जिम्मेवारी ढंगले पुरा नगरेको भन्दै भट्टराई माथि कार्यकर्ताहरु आक्रोसित भएका थिए । आक्रोसित कार्यकर्ताले अन्तरघाती नेताको विरुद्धमा बैठक स्थलमा नारावाजी सेमत गरेका थिए ।

पार्टीका जिल्ला, क्षेत्र, नगर, वडा तहका नेता, कार्यकर्ता सहभागि रहेको समिक्षा बैठक विना निष्कर्ष विहिन भएपछि कार्यकर्ताहरुले तत्कालै बैठक स्थगित राखेर प्रतिवेदन तयार गरी जिल्ला कमिटीमा सिफारिस गर्न माग गरेका छन् । जनताको जनमत हुदा हुदै पनि स्थानीय तहको निर्वाचनमा पार्टीले हार व्यहोर्नुमा पार्टी भित्रको अन्तरघातीहरुको हात रहेकोले त्यस्ता अन्तरघातीहरुलाई तत्काल कार्वाही गरेर पाखा लगाउन आक्रोसित कार्यकर्ताहरुले माग गरेको निर्वाचन निर्देशन कमिटीका संयोजक डा. कृष्ण न्यौपानेले बताउनु भयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %