देवदह मगर संघले मृगौला पिडितलाई सहयोग

Read Time:2 Minute, 27 Second

गोविन्द घर्ती
Image may contain: 7 people, people standing and outdoor

साउन १८ । रुपन्देहीको देवदहमा दुवै मृगौला पिडितलाई उपचार गर्न सहयोग रकम हस्तान्तरण गरिएको छ ।

देवदह–५, कोलुवा निवासी दुवै मृगौला पिडित निरमाया सारुलाई उपचार खर्चवापत २ लाख १५ हजार रुपैया हस्तान्तरण गरेको हो । नेपाल मगर संघ देवदह–५, कोलुवा टोल समितिको पहलमा पिडित सारुको उपचार खर्चको लागि संकलन गरी पिडितलाई हस्तान्तरण गरेको हो । उक्त रकम एक कार्यक्रमका वीच नेपाल मगर संघ देवदहका पुर्व अध्यक्ष एवं देवदह नगरपालिका–७, का वडा अध्यक्ष पदम थापामगरको प्रमुख आतिथ्यतामा सहयोग रकम हस्तान्तरण गरेको हो । विगत दुई बर्षदेखि दुवै मृगौला पिडित सारुको अहिले गौतम बुद्ध मुटु अस्पताल बुटवलमा डाईलिसिस हुदै आएको छ । नेपाल मगर संघ कोलुवा टोल समितिले विभिन्न संघसंस्था, व्यक्तिहरुबाट संकलन गरिएको रकम मृगौला पिडित सारुलाई हस्तान्तरण गरिएको संघले जनाएको छ ।
Image may contain: 1 person, sitting

नेपाल मगर संघ टोल समितिका अध्यक्ष पूर्णबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर संघका पुर्व अध्यक्ष एवं वडा अध्यक्ष पदम थापामगर, नेपाल मगर संघका नगर अध्यक्ष लालबहादुर दर्लामी, देवदह नगरपालिकाका बोर्ड सदस्य विष्णु पाण्डे, संघका नगर सचिव जसबहादुर पुन, क्लवका अध्यक्ष निर्मल थापा, भलुही मगर समाजका चित्रबहादुर थापा लगायतले बोल्दै मानवीय कार्य नै ठूलो धर्मको भएको बताएका थिए । उनीहरुले राज्यले मृगौला रोगको निशुल्क उपचार गरेपनि प्रक्रिया झन्झिटलो भएको भन्दै आमनागरिकलाई सरल तरिकाले उपलव्ध गराउनु पर्नेमा जोड दिएका थिए । समाजसेवी टंकबहादुर घर्तीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %