गोविन्द घर्ती
साउन १६ । सञ्चार माध्यमले सकारात्मक समाचारलाई प्राथमिकता दिनु पर्ने नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव रामप्रसाद आर्चायले बताउनु भएको छ ।
उहाले सकारात्मक समाचारले मात्र समाजमा राम्रो सन्देश जाने बताउदै समाज परिवर्तनको लागि सकारात्मक समाचार आवश्यक रहेकोमा जोड दिनु भयो । देवदह क्षेत्रबाट प्रकाशित देवदह साप्ताहिकको पाचौ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सचिव आर्चायले उक्त कुरा बताउनु भएको हो । उहाले सञ्चार माध्यमको विकासले मात्र समाजको रुपान्तरण गर्न सकिने भन्दै स्थानीय निकायले सञ्चार माध्यमको संरक्षण गर्नुपर्नेमा जोड दिनु भयो । उहाले स्थानीय तह र स्थानीय संघसंस्थाहरुले आफना सूचना तथा जानकारीहरु स्थानीय सञ्चारमाध्यम मार्फत प्रकाशन गर्नुपर्नेमा जोड दिनु भयो ।
सचिव आर्चायले अव सवैसंग सहकार्य गर्दै विकास पत्रकारितालाई अगाडि बढाउनु पर्नेमा जोड दिदै दीगो विकासको लागि सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहने बताउनु भयो । सोही अवसरमा बोल्दै देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले देवदह नगरपालिकाले स्थानीय सञ्चार माध्यमको विकासको लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाले देवदह क्षेत्रमा हुने हरेक क्रियाकलापलाई पारदर्शि बनाउन सञ्चार माध्यमले भूमिका खेल्नु पर्नेमा जोड दिनु भयो ।
देवदह साप्ताहिकका प्रकाशक तिलोचन दहालको अध्यक्षतामा भएको कार्यक्रममा देवदह–६, का वडा अध्यक्ष दामोदर क्षेत्री, जिल्ला सहकारी संघ रुपन्देहीका सदस्य प्रकाश अर्याल, गाउ वन समन्वय सञ्जाल रुपन्देहीका अध्यक्ष खेमनारायण अधिकारी, देवदह स्वास्थ्य चौकीका ईन्चार्ज रेमबहादुर दिसा, रेडियो देवदहका अध्यक्ष कृष्णप्रसाद पौडेल, साना किसान कृषि सहकारीका अध्यक्ष टिका गौतम, ईप्सा रुपन्देहीका अध्यक्ष बोधराज गौडेल, नेपाल अविनास सामाजिक सेवा संस्थाका अध्यक्ष खड्कबहादुर विक, जनप्रिय सामुदायिक वनका सचिव रुका सापकोटाले बोल्नु भएको थियो । त्यसैगरी कोषबहादुर गुरुङ्ग, टंक पोखरेल, होमनाथ ढुंगाना, वालकुमार श्रेष्ठ लगायतले बोल्दै देवदह साप्ताहिकले ग्रामिण क्षेत्रमा रहेका नागरिकको आवाजलाई बाहिर ल्याउनु पर्नेमा जोड दिएका थिए ।
सोही अवसरमा देवदह क्षेत्रमा रहेर उल्लखनिय काम गरेको भन्दै विभिन्न संघसंस्था तथा व्यक्तिलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा गाउ वन समन्वय सञ्जाल रुपन्देही, केरवानी स्वास्थ्य चौकी, देवदह स्वास्थ्य चौकी, ईप्सा रुपन्देही, कोलिय साकोस, सामुदायिक विद्यालय संस्था, सतेन्द्रनारायण सिंह, तुलाराम पाण्डे लगायत रहनु भएको छ । अतिथि सम्पादक यम रानाको स्वागत र सम्पादक रामबहादुर गुरुङ्गको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
