कस्केली पत्रकारका लागि अंग्रेजी भाषाको दुई दिने कार्यशाला सुरु

Read Time:2 Minute, 32 Second

रूद्र श्रीसमगर
Image may contain: 3 people, people sitting
पोखरा, साउन १४ – अर्बिट इन्टरनेशनल एजुकेशनसँगको सहकार्यमा नेपाल पत्रकार महासंघ कास्की शाखाको आयोजनामा कस्केली पत्रकारका लागि दुई दिने अंग्रेजी भाषाको कार्यशाला सुरु भएको छ ।

समाचार संकलनका क्रममा कार्यक्षेत्रमा भाषाका कारण हुने समस्या कम गर्नका लागि अंग्रेजी भाषाको कार्यशाला आयोजना गरिएको नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । ‘विदेशी अतिथिहरू र विदेशी पर्यटकसँग सम्बन्धित समाचार संकलनमा हामीलाई भाषाका कारण समस्या हुने गरेको छ’, श्रेष्ठले भन्नुभयो, ‘अंग्रेजी भाषामा दक्षता नहुँदा समाचार संकलनमा कठिनाइ भएको पाइएको छ ।’ अंग्रेजी भाषामा पत्रकारिता गर्न सहज बनाउनका लागि नै कार्यशालाको आयोजना गरिएको श्रेष्ठको भनाइ थियो ।

अर्बिट इन्टरनेशनल एजुकेशनका प्रमुख कार्यकारी अधिकृत राधेश्याम मल्लले पत्रकारहरूलाई अंग्रेजी भाषाको दक्षताका लागि कार्यशालाको आयोजना गरिएको उल्लेख गर्नुभयो । ‘हामीले २०६४ सालदेखि नै यस खालका कार्यशाला गर्दै आएका छौं’, मल्लले भन्नुभयो, ‘सुरुमा संविधानसभाका महिला सभासद्हरूका लागि र अहिले ट्राफिक प्रहरीका लागि समेत यस्तो खालको कार्यशाला गरेका छौं ।’ पत्रकारका लागि समेत उपयोगी हुने देखिएकाले यस्तो कार्यशालाको आयोजना गरिएको मल्लको भनाइ थियो ।

दुई दिने कार्यशालामा रेडियो नेपालका अंग्रेजी भाषाका पूर्व समाचार वाचक वरिष्ठ सञ्चारकर्मी माइकल चन्द र वरिष्ठ पत्रकार युवराज घिमिरेले सहजीकरण गर्नुहुनेछ । आइतबारसम्म हुने कार्यशालाको पहिलो दिन वरिष्ठ सञ्चारकर्मी माइकल चन्दले अंग्रेजी भाषामा वाकपटुताबारे सहजीकरण गर्नुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %