भुतपुर्व सैनिक कल्याणकारी परिवार देवदहद्धारा संचालित ३ महिने सिलाई कटाई तालिम सम्पन्न

Read Time:2 Minute, 6 Second

गोविन्द घर्ती
Image may contain: 10 people, people sitting

साउन ११ । भुतपुर्व सैनिक कल्याणकारी परिवार देवदहद्धारा संचालित ३ महिने सिलाई कटाई तालिम सम्पन्न भएको छ ।

गत बैषाख देखि शुरु भएको तालिमको एक कार्यक्रमका वीच समापन गरिएको छ । सो अवसरमा बोल्ने वक्ताहरुले तालिममा सिकेका ज्ञानलाई व्यवसायीक बनाउन सकेमात्र तालिमको सार्थकता हुने बताएका थिए । उनीहरुले सिपलाई व्यवसायीक बनाउन सकेमात्र आर्थिक उपार्जन गर्दे आत्मनिर्भर बन्न सक्ने भएकोले ज्ञान र सिपलाई व्यवहारमा उर्तान आग्रह गरेका थिए । परिवारले महिलाहरुको आर्थिक तथा सिपमा दक्षता ल्याउनको लागि ३ महिने सिलाई कटाई तालिमको आयोजना गरेको हो । सिप र आर्थिक रुपमा महिलाहरुको शसक्तिकरण नहुदा सम्म आर्थिक परिवर्तन नहुने भएकोले महिलाहरुलाई ३ महिने सिलाई कटाई तालिम दिईएको परिवारले जनाएको छ ।

कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै परिवारका अध्यक्ष कोषबहादुर गुरुङ्गले सिपविकासका कार्यक्रमहरु आगामी दिनमा पनि निरन्तर गर्ने बताउनु भयो । अध्यक्ष कोषवबहादुर गुरुङ्गको अध्यक्षतामा भएको समापन कार्यक्रममा परिवारका प्रेस सल्लाहकार भिमप्रसाद गुरुङ्ग, सल्लाहकार रुद्रमान ढकाल, प्रशिक्षक सरिता आले, कोषाध्यक्ष ईन्द्रबहादुर थापा लगायले आ–आफना भनाई राख्नु भएको थियो ।

उपाध्यक्ष खोमबहादुर ठकुरीको स्वागत र सचिव किसनबहादुर थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %