नेपाल रेडक्रस सोसाईटी देवदह उपशाखाले ऐम्बुलेन्स शुभारम्भ तथा रक्तदान कार्यक्रम सम्पन्न गर्यो

Read Time:3 Minute, 36 Second

गोविन्द घर्ती
Image may contain: 7 people, people sitting

साउन ११ । सवैको सहमति र सहकार्यबाट अगाडि बढ्न सके देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने सांसद अव्दुल रज्जाकले बताउनु भएको छ ।

उहाले देवदह नगरपालिका विकासको प्रसस्त संभावना भएको क्षेत्र भएकोले पर्यटन गुरुयोजना निर्माण गरी अगाडि बढ्नु पर्नेमा जोड दिनु भयो । नेपाल रेडक्रस सोसाईटी देवदह उपशाखाको नया एम्वुलेन्स शुभारम्भ तथा वृहत्त रक्तदान कार्यक्रममा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो ।

नेपाली काग्रेस रुपन्देहीका सभापति समेत रहनु भएका सांसद रज्जाकले राज्यले युवाहरुलाई स्वरोजगारको व्यवस्था गर्न नसक्दा रोजगारको लागि युवाहरु विदेशीन वाध्य भएको बताउनु भयो । रज्जाकले युवाहरुलाई लक्षित गर्दै नगरपालिकाले स्वरोजगारका कार्यक्रमलाई प्राथमिता दिनु पर्नेमा जोड दिनु भयो । लोकतन्त्रलाई संस्थागत गर्ने पहिलो काम स्थानीय तहको निर्वाचन भएको भन्दै स्थानीय तहमा भएका श्रोत साधनलाई प्रयोग गर्दै विकास निर्माण गर्न आग्रह गर्नु भयो । रज्जाकले नेपाल रेडक्रस सोसाईटी देवदह उपशाखाले मानवीय कार्यमा राम्रो काम गरेको भन्दै आगामी दिनमा समेत मानवीय कार्यमा खट्न आग्रह गर्नु भयो ।
Image may contain: 9 people, people smiling, people sitting and outdoor

नेपाल रेडक्रस सोसाईटी देवदह उपशाखाका सभापति गोपाल ढकालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका केन्द्रिय उपाध्यक्ष प्रा. सुर्दशनप्रसाद नेपाल, देवदह नगरपालिकाका नगरप्रमुख हिराबहादुर खत्री, नेपाल रेडक्रस रुपन्देही शाखाका सभापति प्रेमलाल उदास, उपसभापति दीपक क्षेत्री न्यौपाने, उद्योग व्यापार संगठन देवदहका अध्यक्ष गोविन्द ठड्राई, गाउ वन समन्वय सञ्जाल रुपन्देहीका अध्यक्ष खेमानारायण अधिकारी लगायतले बोल्दै मानवीय सहयोग नै ठूलो धर्म भएकोले मानवीय कार्यमा लाग्न आग्रह गरेका थिए ।

सो अवसरमा करिव ५० जनाले रक्तदान गरेको आयोजकले जनाएको छ । रक्तदान कार्यक्रममा युवा, विद्यार्थी, शिक्षक, समाजसेवीहरुको सहभागिता रहेको थियो । सो अवसरमा संसदीय विकास कोषबाट प्राप्त १० लाख र अन्य चन्दादाताबाट संकलन गरिएको करिव ११ लाखमा एम्वुलेन्स सुभारम्भ गरिएको छ । पहिलो एम्वुलेन्स पुरानो भएकोले त्यसलाई विस्तापित गर्दै नया एम्वुलेन्स शुभारम्भ गरेको हो । नेपाल रेडक्रस सोसाईटी देवदह उपशाखाका उपसभापति कृष्णप्रसाद न्यौपानेको स्वागत र सचिव जयकिशन अधिकारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %