कास्की मोटरसाइकल वर्कशप (मेकानिल) एशोसिएसनको रक्तदानमा ११९ युनिट रगत संकलन

Read Time:1 Minute, 24 Second

रूद्र श्रीसमगर

पोखरा, साउन ७ – कास्की मोटरसाइकल वर्कशप (मेकानिकल) एशोसिएसनको आयोजनामा शनिबार भएको खुल्ला रक्तदान कार्यक्रममा ११९ युनिट रगत संकलन भएको छ ।

नयाँबजारमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पहिलो रक्तदाता रिजनराज श्रेष्ठलाई ब्लड ब्याग हस्तान्तरण गरी रक्तदानको उद्घाटन गर्नुभएको थियो । सो अवसरमा बोल्दै अध्यक्ष श्रेष्ठले सबै दानहरूमध्ये रक्तदान नै उत्कृष्ट दान भएको बताउनुभयो ।

कार्यक्रमका विशेष अतिथि एवं इच्छाशक्ति अटोमोबाइल्सका इच्छामान बुद्धाचार्यले रक्तदान नै सबैभन्दा पुण्य कार्य भएको भन्दै कसैको जीवन बचाउन रक्तदान महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । कार्यक्रमको प्रायोजन क्लासिक Þवील्स पोखरा प्रालिले गरेको थियो ।

एशोसिएसनका अध्यक्ष लक्ष्मण भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव कृष्ण रोकाले गर्नुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %