तीन दलका नेताहरुसँग राष्ट्रपतिद्धारा परामर्श

Read Time:1 Minute, 7 Second

काठमाडौँ, ६ वैशाख
राष्ट्रपति डा रामवरण यादवले प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनाल, एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका सभापति सुशील कोइरालासँग संविधान निर्माणका बारेमा आज शीतल निवासमा छुट्टाछुट्टै परामर्श गरेकाछन ।

भेटपछि एमाओवादी अध्यक्ष दाहालले राष्ट्रपतिबाट शान्तिप्रक्रिया र संविधान लेखनबारेमा भइरहेको कार्यबारे जानकारी लिनुभएको र सोबारे आजै बिहान तीन दलबीच भएको बैठकको निष्कर्षबारेमा अवगत गराएको पत्रकारहरूलाई बताए  ।

उनले तोकिएको समयमा शान्ति र संविधानलाई निष्कर्षमा पु¥याउन एमाओवादी दृढ रहे पनि त्यसका लागि समय ज्यादै कम रहेको बताएको जानकारी गराए  ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %