मगरभाषाको पुस्तकलाई अंग्रेजी र नेपालीमा लेख्ने लेखक थापा आईसियुमा

Read Time:1 Minute, 36 Second

देब पचभैया

Image may contain: one or more people

काठमाण्डौ, श्रावण ३ – मगर भाषाका शब्दकोष लेखक हिरा सिंग थापा मगर अहिले गंभिर बिरामी पर्नुभएको छ । एक्कासी नसामा समस्या आएपछि उपचारका लागी बासबारी स्थित न्युरो अस्पतालमा भर्ना गरिएका ८४ बर्षिय थापाको आईसियुमा राखेर उपचार भैरहेको छ ।

मगर भाषाको पुस्तकलाई नेपाली र अग्रेजीमा उल्था गर्नुभएका भाषा बिद एवं लेखक थापाका  कान्छा छोरा सोम थापाका अनुसार गएको बिहिबार उहाको स्वास्थ्यमा समस्या भएपछि अस्पताल भर्ना गरिएको हो । नामले बोलाउदा अलि अलि टाउको हल्लाए जस्तो गर्नुहुन्छ, छोरा सोमले भन्नुभयो अस्पतालको औषधी उपचारको बिस्तारै प्रभाब देखिन थालेको छ ।

बाघमारे  १ दाङ्गमा जन्मिनुभएका हिरा सिंह पुर्व भारतीय सेनामा आवद्ध भएपनि अवकासका बेला नाम कटाएर घर फर्किनुभएको नेपाल मगर भूपू सैनिक प्रहरी संघका केन्द्रिय अध्यक्ष हुम बहादुर थापा (पचभैया) ले जानकारी दिनुभयो । दुई भाई छोरा र एक छोरीका बाबु  हिरा सिंगका ६८ बर्षिया श्रीमती बिष्णु कुमारी अहिले श्रीमानकै उपचारमा अस्पतालमै रहनुभएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %