सृष्टि टोल विकास आमा समूहको दुई दिने उद्घोषण तालिम सुरु

Read Time:1 Minute, 32 Second

रूद्र श्रीसमगर
Image may contain: 6 people, people smiling, people standing

पोखरा, साउन २ – पोखरा लेखनाथ महानगरपालिका वडा नं. १०, नहरमार्ग स्थित सृष्टि टोल विकास आमा समूहको आयोजनामा सोमबार देखि दुई दिने उद्घोषण तालिम सुरु भएको छ ।

सो तालिमको उद्घाटन गर्दै वडा नं. १० का वडाध्यक्ष राजकुमार गुरुङले तालिमबाट आमा दिदीबहिनीहरूको क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न सुझाव दिँदै वडाध्यक्ष गुरुङले अहिलेको युगमा हरेक क्षेत्रमा बोल्ने कलाको महत्व बढ्दै गएको बताउनुभयो ।

Image may contain: 5 people, people sitting

कार्यक्रममा वडा सदस्यहरू सम्मरबहादुर श्रेष्ठ, दीपक थापा, निशा मल्ल, प्रतिभा विक पोखरेल, आमा समूहकी पूर्व अध्यक्ष फूलकुमारी थापालगायतले तालिमलाई उपलब्धीमूलक बनाउनुपर्नेमा जोड दिएका थिए ।

सृष्टि टोल विकास आमा समूहकी अध्यक्ष देउमाया गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव विष्णु थापाले गर्नुभएको थियो । मंगलबारसम्म हुने तालिममा निर्मला कार्की भण्डारीले प्रशिक्षण दिनुभएको छ ।

Image may contain: 14 people, people smiling, people standing
 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %