दिलबिक्रम आङ्देम्बे
कुसुन्डा नेपालको लोपोन्मुख तथा अतिसिमान्तकृत जातिहरू हुन् । उनिहरू पश्चिम नेपालको दाङ्, सुर्खेत, तनहु गोर्खा रूपन्देही, आदि जिल्लामा बस्दछन् । अन्य आदिवासी जनजातिहरू झ्mैँ कुसुन्डाहरूको आफ्नै मौलिक भाषा, भेष-भुषा, रहन÷सहन तथा धर्म संस्कृति छ । बेलायती नागरिक हड्सनले प्राकृतिक अवस्थामा बस्ने नेपालका घुमन्ते जाति भनेर कुसुन्डालाई चिनाउने काम गरेकाथिए । तर आजभोली यी जातिहरू लोपोन्मुख अवस्थामा छन् । उनिहरूको अस्तीत्व सङ्कटमा पर्न थालेको देखिन्छ । यस्को मुख्य कारक तत्व कुसुन्डा समुदाय भित्र चलेको थर परिवर्तन प्रकृयाको लहर हो ।
आजभोली अधिकांस कुसुन्डाहरूले थर फेरेका छन् । उनिहरू नामको पछाडी कुसुन्डा लेख्नुको साटो शाहि, सेन, ठकुरी, सिहँ आदि लेख्ने गर्दछन । बाकीँ रहेकाहरूले पनि मगर, कुमाल, गुरुङ आदि थर ले चिनिन थालेको देखिन्छ । देवखुरी (दाङ) का धन बहादुर कुसुन्डा र गोबिन्द बहादुर कुसुन्डा सिहँ थर का भएका छन. । हात्तीटोल (दाङ) का धनी देबि कुसुन्डा ठकुरी (क्षेत्री) बनेका छन् । घोराही–५(दाङ) का प्रेम बहादुर कुसुन्डा र केशब कुसुन्डा शाही बनेका छन् । हिंजो ठूलो जातको रुपमा परिचय बनाउन यसरी थर परिवर्तन गरेपनि हिंजोआज पहिचानको राजनीति बढेपछि भने उनीहरु पछुताउन थालेकाछन् । थर फेरेपछि अहिले पछुताउनु परेको प्रेम बहादुर शाही बताउँछन् । उनका बाबु÷बाजेहरु कुसुन्डा थर नै लेख्ने गर्दथे । त्यसैगरी रोल्पाका चन्द्र बहादुर कुसुन्डाले आफ्नो थर चन्द लेखेको पाइन्छ । कोचिबाङ गाविस वाड न. २ (दाङ) का दुई घर कुसुन्डाहरूले आफ्नो थर राजा मात्र लेख्ने गरेको पाइयो । सोहि जिल्ला स्थित हलुवार र खाद्रे गाविसका दुई घर कुसुन्डाहरू सेन र हाप्पुर गाविसका एक घर शाही भएका छन् । बालकोट र राजपुर गाविस (अर्घाखाँची) का तीन घर कुसुन्डा परिवारले पनि आफ्नो थर परिवर्तन गराएका छन् । त्यसैगरी नै तेरकिलो गाविस (गोर्खा) का ६ घर कुसुन्डाहरूले आफ्नो थर सेन बनाएका छन् । यसरी आजभोली प्रबल मात्रामा कुसुन्डा समुदाय भित्र थर फेर्ने लहर बढेको देखिन्छ । उनिहरू कुसुन्डा भएर चिनिन त्यति चाहदैनन् । त्यसकारण राज्यले दिएको कतिपय सुविधाहरूबाट बञ्चित रहेको पनि धन बहादुर कुसुन्डाले बताए ।
कुसुन्डा जातिको अस्तीत्व सङ्कटमा पर्नुको अर्काे कारक तत्व उनिहरूमा चलेको अन्तरजातिय बिवाह प्रकृया पनि हो । आजभोली आफ्नै जातिसगँ बैबाहिक सम्बन्ध गाँसेका कुसुन्डाहरु प्राय थोरै मात्र भेटिन्छन् । धन बहादुर कुसुन्डाका भनाई अनुसार हाल सम्पर्कमा आएका अधिकाँस कुसुन्डाहरूको आमाहरू प्राय मगर, गुरुङ, क्षेत्री लगायत अन्य जातिहरू नै रहेका छन् । केशव कुसुन्डा (शाही) का दुई बहिनी दुवै जना खत्री (क्षेत्री) र घिमिरे (बाहुन) ले बिहे गरेका छन् । उनका स्वयम् आमा पनि गुरुङसेनी थिइन् । हातीटोल दाङ्का धनी देबि कुसुन्डा (ठकुरी) का स्वयम आमा खड्का (क्षेत्री) थिइन् । उनका दुई दिदी दुवै जना मगरले बिबाह गरेका छन् । प्रेम बहादुर कुसुन्डा (शाही) का श्रीमति मगर हुन भने उनका पाँच बहिनी, पाँचै जनाले अन्तरजात सँग बिबाह गरेका छन् । त्यसैगरी धन बहादुर कुसुन्डाले पनि आफ्नो श्रीमति क्षेत्रीनी थरका भएको बताए । हाल सम्म कुसुन्डा भाषा÷संस्कृतिको ज्ञान भएको एक मात्र ब्यातिm मैया देबि कुसुन्डाको पनि बिबाह मगर सँग भएको थियो । तर पछि कुसुन्डा जाति उत्थानकै लागि उनी श्रीमान सँग छुट्टै बस्न थालेका कुरा बताइन् ।
यसरी कतिपय कुसुन्डाहरू रोजगारको लागि अन्यत्र गई उतै गायब हुने भएकोले पनि पुरै थर पविर्तन गर्ने र बिबाह पनि अन्य जातिसँग मात्र गर्ने भएकाले उनिहरूको मौलिक पहिचानहरू लोप हुदै गएको देखिन्छ । आफ्नो भाषा बोल्ने कुसुन्डाहरू आजभोली भेटिदैनन् । बि.स २०५८ को तथ्याङ्कले देखाएको ८७ जना कुसुन्डा भाषा बोल्न सक्ने कुरा पनि मिथ्याङ्क मात्र भएको छ । उनिहरू मध्ये कतिपयलाई आफ्नो थर कुसुन्डा भन्ने सम्म पनि थाहा छैन । हाल सम्म चार जना कुसुन्डाले मात्र आफ्नै थरी (कुसुन्डा) बाट नागरिता निकालेको र बाकिँ सबैले नागरिता अन्य थरीबाट नै बनाएका छन त्यसकारण बिस्तारै कुसुन्डा जातिहरू सङ्कटमा पर्न थालेको देखिन्छ ।
(आङ्देम्बेले कुसुण्डा जातिका बारेमा अनुसन्धान गरेको आधारमा तयार पारेको लेख)