बालबालिकाका लागि युवा बौद्ध संघको समर क्याम्प

Read Time:1 Minute, 56 Second

रूद्र श्रीसमगर
Image may contain: one or more people, people standing and outdoor

पोखरा, साउन  १ – विभिन्न विद्यालयमा अध्ययनरत बालबालिकाहरूलाई नैतिक शिक्षा तथा स्थानीय व्यवहारिक शिक्षा दिने उद्देश्यले युवा बौद्ध संघ, धर्मशीला बुद्ध बिहारले समर क्याम्प सम्पन्न गरेको छ ।

शुक्रबार र शनिबार आयोजित समर क्याम्पमा बालबालिकाहरूलाई पोखरा लेखनाथ महानगरपालिका भित्र रहेका विभिन्न गुम्बा, बिहार तथा चैत्य भ्रमण गराइएको थियो । त्यस अवसरमा धर्मशीला बुद्ध बिहारमा भन्ते धजवन्तले बुद्ध पूजा शील प्रार्थना गरि समर क्याम्पको शुभारम्भ गर्नुभएको थियो ।

बालबालिकाहरूलाई समर क्याम्पको पहिलो दिन अनदूस्थित विश्व शान्ति स्तूपमा राखिएको थियो । दोस्रो दिन भने विश्वरत्न शाक्यले बालबालिकाहरूलाई ध्यान अभ्यास सहित आध्यात्मिक ज्ञान प्रदान गर्नुभएको थियो । सोही दिन बालबालिकाहरू बीचमा चित्रकला प्रतियोगिता गराइएको थियो भने पोखरा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा लगी विभिन्न रमाइला खेलहरू खेलाइएको थियो । समर क्याम्पको धर्मशीला बुद्ध बिहारमा बालबालिकाहरूलाई प्रमाणपत्र वितरण गरी समापन गरिएको थियो ।

युवा बौद्ध संघका अध्यक्ष सकेन्द्र ताम्राकारको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सह–सचिव कमला थापाले गर्नुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %