गोविन्द घर्ती

असार ३१ । जनप्रिय माध्यमिक विद्यालय देवदह–१०, ले बधाई तथा स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।
भखैर मात्र सम्पन्न स्थानीय तहको निर्वाचनमा देवदह नगरपालिकामा निर्वाचित नगरप्रमुख हिराबहादुर खत्री, उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, वडा नं १० का वडा अध्यक्ष यकबहादुर सुनार, वडा नं ९ का वडा अध्यक्ष केशव भट्टराईलाई बधाइ तथा स्वागत गरेको हो ।
त्यसैगरी वडा नं १० र वडा नं ९ का नवनिर्वाचित वडा सदस्यहरुलाई समेत विद्यालयले बधाई तथा स्वागत गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव पराजुलीको अध्यक्षता नगर प्रमुख हिराबहादुर खत्रीको प्रमुख आतिथ्यतामा बधाई तथा स्वागत कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा बोल्ने वक्ताहरुले शिक्षा क्षेत्रको उन्नती र प्रगतिको लागि नगरपालिकाले विशेष ध्यान दिनेमा जोड दिएका थिए । उनीहरुले शिक्षा क्षेत्रमा रहेको विकृति, विसंगतिलाई हटाउदै गुणस्तर शिक्षाको लागि नगरपालिकाले योजना तयार गर्नेमा जोड दिएका थिए । कार्यक्रममा नगरप्रमुख हिराबहादुर खत्री, उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, वडा अध्यक्षद्धय यकबहादुर सुनार, केशव भट्टराई, वडा सदस्यद्धय खैराज शर्मा, अमर लामिछाने, विद्यालयका पुर्व प्रमख ताराप्रसाद पराजुली, पुर्व अध्यक्ष ऋषिराम सापकोटा लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।
विद्यालयका प्रमख गायत्रीप्रसाद खरेलको स्वागत र शिक्षक श्याम थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । सोही अवसरमा आत्मरक्षा बचत तथा ऋण सहकारी संस्था देवदहले समेत नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा स्वागत गरेको छ । संस्थाका अध्यक्ष लेटबहादुर पुनको अध्यक्षता र सचिव होमनाथ ढुंगानाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
