गोविन्द घर्ती

असार २९ । शिक्षा क्षेत्रमा नीजि विद्यालयले अह्म भूमिका खेलेको प्याव्सन रुपन्देहीका उपाध्यक्ष एकनारायण काफ्लेले बताउनु भएको छ ।
उहाले राज्यले नीजि विद्यालयहरुलाई विभेद गर्ने गरेको बताउदै नीजि विद्यालयलाई विभेद होईन प्रोत्साहन गर्नुपर्नेमा जोड दिनु भयो । पुर्वी क्षेत्र नीजि विद्यालय परिवार ईप्सा रुपन्देहीद्धारा माध्यमिक शिक्षा परिक्षामा उत्कृष्ट अंक ल्याई पास भएका विद्यार्थीहरुलाई सम्मान तथा दुई दिने शिक्षक तालिमको उद्घाटन गर्दै उहाले उक्त कुरा बताउनु भएको हो । ईप्सा रुपन्देहीका प्रमुख सल्लाहकार समेत रहनु भएको उपाध्यक्ष काप्mलेले नीजि विद्यालय र सामुदायिक विद्यालयलाई एउटै दृष्टिकोणले हेर्नु पर्ने बताउदै सम्मान गर्नुपर्नेमा जोड दिनु भयो । उहाले गुणस्तर शिक्षाको लागि शिक्षकहरुलाई बेलाबेलामा तालिमको आवश्यक रहेको बताउदै तालिममा सिकेका ज्ञानलाई शिक्षकहरुले व्यवहारमा उर्तान सक्नु पर्नेमा जोड दिनु भयो ।

उपाध्यक्ष काफ्लेले लगनशिल भएर अध्ययन गर्ने हो भने सफलता प्राप्त गर्न सकिने भएकोले विद्यार्थीहरुलाई लगनशिल भएर अध्ययन गर्न आग्रह गर्नु भयो । कार्यक्रममा ईप्सा रुपन्देहीमा आवद्ध विद्यालयबाट यस बर्षको माध्यमिक शिक्षा परिक्षा–२०७३ बाट ३.६५ जिपिए भन्दा माथि ल्याएका १८ जना विद्यार्थीहरुलाई सम्मान गरेको थियो । दुई दिने शिक्षक तालिमको पिएस निरौलाले सहजीकरण गर्नु भएको ईप्सा रुपन्देहीले जनाएको छ ।
शिक्षक तालिममा ईप्सा रुपन्देहीमा आवद्ध विद्यालयमा अध्यापन गर्ने शिक्षकहरुको सहभागिता रहेको छ । ईप्सा रुपन्देहीका अध्यक्ष बोधराज गौडेलको अध्यक्षता, उपाध्यक्ष रामहादुर गुरुङ्गको स्वागत, सचिव महेश पराजुलीको संचालनमा भएको कार्यक्रममा कोषाध्यक्ष तारानाथ खरेल लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।
