देव पचभैयामगर
पाल्पा, असार २९ – गएको आईतार तिनाउ खोलामा बेपत्ता भएका चार मध्ये ३ जनाको शब बुधबार बेलुकी भेटिएको छ ।
तानसेन नगरपालिका–९ अमलेन्स्थित तीनाउखोलाले जीप बगाउँदा बेपत्ता भएका माथागढी गाउँपालिका–१ का माया गाहा, तानसेन नगरपालिका–१ की उषा श्रोष्ठ र बगनासकाली गाउपालीका ७ का पदमबहादुर कुवरको शब भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । प्रहरीका अनुसार दुर्घटना बेपत्ता भएका माथागढी गाउँपालिका–१ का ४० वर्षीय तिलविर गाहा खोजी भैरहेको छ ।
घटना भएको चार दिन पछि माया गाहाको पाल्पाको जोरधारा चरचरेमा, उसा श्रेष्ठ र पदमबहादुर कुवरको शप रुपन्देहीको तीनाउ खोलामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख, प्रहरी उपरिक्षक हरीराज वाग्लेले जानकारी दिनुभयो । तिनै जनाको शब आफन्तले जिम्मा लिएका छन् । आईतबार राती १ बजे लु १ ज १७१२ नम्बरको जिपसहित यात्रुलाई बाढीले बगाउँदा चार जना बेपत्ता भएका थिए । खोलाको बिचमा पुगेर गाडी रोकिएपछि उद्धार गर्न पुगेका चालक सशी श्रेष्ठका आफन्तले चालकलाई डोरीले तानेर बचाउन सफल भएका थिए । तर चालकका श्रीमती उषा संगै अरु चार जनालाई गाडी संगै बाढीले बगाएको थियो । मंगलबार मात्रै पानीमा डुबेको अवस्थामा जिप भेटिएको थियो ।
