वडा अध्यक्षहरुले जनताको चाहना र आवश्यकतालाई मध्यनजर गर्नुपर्छ नगर प्रमुख: हिराबहादुर खत्री

Read Time:3 Minute, 24 Second

गोविन्द घर्ती

Image may contain: 3 people, people standing and indoor

असार २८ । जनताको चाहना र आवश्यकतालाई मध्यनजर गर्दै वडा अध्यक्षहरुले काम गर्नुपर्ने देवदह नगरपालिकाका नगर प्रमुख हिराबहादुर खत्रीले बताउनु भएको छ ।

उहाले आमनागरिकलाई छिटो, छरितो तरिकाले सेवा प्रदान गर्नुपर्ने बताउदै ईमान्दारी पुर्वक जनताको हितमा काम गर्न आग्रह गर्नु भयो । देवदह नगरपालिका–८, का नवनिर्वाचित वडा अध्यक्ष डण्डपाणी भट्टराईद्धारा पदभार कार्यक्रममा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो । नगर प्रमुख खत्रीले देवदह नगरपालिकालाई ५ बर्षभित्र समृद्ध नगरपालिका बनाउने सोच रहेको र त्यसको लागि वडा अध्यक्षहरुका प्रमुख भूमिका हुनेमा जोड दिनु भयो । प्रमुख खत्रीले  खोजाजन्य पदार्थमा भईरहेकोे दोहनको अन्त्य गर्दै देवदह नगरलाई कृषि र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै जानेमा जोड दिनु भयो ।

नगर प्रमुख खत्रीले अव्यवस्थित बसोवासीहरुको तथ्याक संकलन गरी अव्यवस्थितहरुलाई व्यवस्थित गर्न देवदह नगरपालिका लाग्ने हुदा वडा कार्यालयले तथ्याक संकलन गर्न भूमिका खेल्नु पर्नेमा जोड दिनु भयो । सोही अवसरमा बोल्दै देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले देवदहलाई भ्रष्टचार र महिला हिंसा मुक्त नगरपालिका निर्माण गर्न सम्पूर्ण वडा अध्यक्ष एवं सदस्यहरुले महत्वपूर्ण भूमिका खेल्नु पर्नेमा जोड दिनु भयो । पदभार कार्यक्रममा देवदह–८, का निर्वाचित सदस्यहरु फुलकुमारी विक, पुष्पा थारु, नामावली बुढा लगायतको सहभागिता रहेको थियो । त्यसैगरी वडा नं ५ का वडा अध्यक्ष झिल्लुप्रसाद न्यौपानेले पनि पदभार ग्रहण गर्नु भएको छ । देवदह–५, प्रगति बजारको कृषिभवनमा स्थापना गरिएके वडा कार्यालयमा एक कार्यक्रमका वीच वडा अध्यक्ष न्यौपानेले पदभार ग्रहण गर्नु भएको हो ।

त्यसैगरी वडा नं १० का वडा अध्यक्ष यकबहादुर सुनारले समेत पदभार ग्रहण गर्नु भएको छ । निर्वाचित वडा सदस्यहरु शंकर चौधरी, विष्णु पाण्डे, तोलराज विक समेतको उपस्थिती रहेको थियो । चरेङ्गेमा स्थापना गरेको वडा कार्यालयमा वडा अध्यक्ष सुनारले एक कार्यक्रमका वीच पदभार ग्रहण गर्नु भएको हो । पदभार ग्रहण कार्यक्रममा देवदह नगरपालिकाका नगर प्रमुख हिराबहादुर खत्री, उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, नगर अधिकृत श्रीकृष्ण नेपाल, प्रशासकीय अधिकृत गंगाप्रसाद पन्थी लगायतको सहभागिता रहेको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %