गोविन्द घर्ती
असार २७ – स्वास्थ्य स्वयमसेवीकाहरुको अथक प्रयास र मेहेनतका कारण स्वास्थ्य क्षेत्रमा परिवर्तन आएको देवदह नगरपालिकाका मेयर हिराबहादुर खत्रीले बताउनु भएको छ ।
उहाले चुनौतीको सामना गर्दै स्वास्थ्य स्वयमसेवीका महिलाहरु ले समाज परिवर्तनमा अह्म भूमिका खेलेको बताउनु भयो । विश्व जनसंख्या दिवसको अवसरमा केरवानी स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा बोल्दै मेयर खत्रीले उक्त कुरा बताउनु भएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीको आयोजना, केरवानी स्वास्थ्य चौकीको व्यवस्थापनमा विश्व जनसंख्या दिवसको अवसरमा आयोजित व्यवस्थित परिवार, समृद्धि राष्ट्रको आधार विषयक बक्तृत्वकला प्रतियोगितामा बोल्दै मेयर खत्रीले देवदह नगरपालिकाले स्वास्थ्यलाई विशेष प्राथमिकता दिई अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । भर्खर मात्र नगरपालिकामा जनप्रतिनिधिहरु निर्वाचित भएको स्मरण गर्दै देवदह नगरपालिकाले स्वास्थ्य क्षेत्रम काम गर्ने स्वास्थ्य स्वयमसेवीहरुलाई विशेष व्यवस्था गर्ने बताउनु भयो ।
सोही अवसरमा बोल्दै देवदह नगरपालिकाका उपमेयर बिध्यालक्ष्मी गुरुङ्गले सहमति र सहकार्यले मात्र समृद्धि नगरपालिका बनाउन सकिने भएकोले देवदहको विकासमा सवैको सहयोग आवश्यक रहेको औल्याउनु भयो । केरवानी स्वास्थ्य चौकीका अध्यक्ष तथा देवदह नगरपालिकाका मेयर हिराबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा देवदह–२, का वडा अध्यक्ष धर्मागत पाण्डे, केवानी स्वास्थ्य चौकीका प्रमुख अरविन्दचन्द्र आर्चाय लगायतले आ–आफना भनाई राख्नु भएको थियो । कार्यक्रम पुर्व स्वास्थ्य चौकी देखि शुरु भएको र्याली ६ नम्वर चोक हुदै पुनः स्वास्थ्य चौकीमा गएर सभामा परिणत भएको थियो । बुद्धिप्रसाद ज्ञवालीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
