द्धन्द्ध पीडितका नाममा बचत खाता

Read Time:2 Minute, 39 Second

रोल्पा बैशाख,५
महिला तथा बालबालिका कार्यालय रोल्पा र जनसरोकार सेवा केन्द्र ९पोस्क० रोल्पाको साझेदारीमा गाम गाविसमा सञ्चालित ‘जोखिममा रहेका तथा द्धन्द्धबाट प्रभावित बालबालिका एवम् परिवारका लागि विकेन्द्रीत सहयोग सुदृधिकरण आयोजना अन्र्तगत १ सय ५१ लक्षित घरधुरीको हालै बचत खाता सञ्चालन गरिएको छ । कृषि विकास बैंक लिमिटेड उपशाखा कार्यालय लिबाङ रोल्पामा प्रति व्यक्ति पाँच सयका दरले कुल ७५ हजार ५ सयमा उक्त बचत खाताहरु सञ्चालन गरिएको पोस्क रोल्पाले जनाएको छ ।
पोस्क रोल्पाका अनुसार खाता सञ्चालकहरुमा ७३ महिला र ७८ पुरुष रहेका छन भने जातिगत रुपमा जनजाति मगर १ सय ४ र दलित ४७ धरधुरी रहेका छन् । गाम गाविसका ९ वटै वडामा सम्पन्न गाविस र वडा स्तरीय परामर्श बैठकबाट लक्षित द्धन्द्ध प्रभावित घरधुरीको छनौट गरी खाता सञ्चालन गरिएको हो । खाता सञ्चालकहरुले महिनामा घटीमा एक दिन बराबरको ज्याला रकम बचत खातामा जम्मा गर्ने प्रतिबद्धता समेत जनाएका छन् । द्धन्द्ध प्रभावित जोखिममा रहेका परिवार र बालबालिकाहरुको अवस्थामा सुधार ल्याउने उद्देश्यले गत असार १३ गते देखि गाम गाविसमा आयोजना सञ्चालनमा ल्याइएको हो । यो आयोजना २०६९ बैशाख २९ गते सम्म सञ्चालनमा रहने पोस्क रोल्पाले जानकारी दिएको छ ।
आयोजना अन्र्तगत लक्षित परिवारहरुलाई व्यवसाय सञ्चालनका लागि प्रति घरधुरी न्यूनतम १० हजार रकम राहात स्वरुप उपलब्ध गराइने महिला तथा बालबालिका कार्यालय रोल्पाका महिला विकास अधिकृत निर्मला कार्कीले जानकारी दिइन । आयोजना मार्फत राहत स्वरुप रकम पाउने भए पछि गामका द्धन्द्ध प्रभावितहरुमा खुशीयालीसँगै अब केही गर्न सकिन्छ कि भन्ने आशा पनि पलाएर गएको छ ।

हिराबहादुर घर्ती मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %